Kathmandu Press

पर्यटनमन्त्री भट्टराईका चार विवाद : पशुपतिको आरतिमा राष्ट्रिय गानदेखि एयरलाइन्सको टिकट छुटसम्म

काठमाडौं, भदौ २३ : नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भए

पर्यटनमन्त्री भट्टराईका चार विवाद : पशुपतिको आरतिमा राष्ट्रिय गानदेखि एयरलाइन्सको टिकट छुटसम्म
काठमाडौं प्रेस

काठमाडौं, भदौ २३ : नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएको आज ४० दिन पूरा हुँदै छ। उनले आफ्नो कार्यकालको एक वर्षमा काम गर्ने सयौ योजनाहरूको ठेलीनै सार्वजनिक गरिसकेका छन्। तर मन्त्री नियुक्त भएकै दिनदेखि एउटा न एउटा विवादित अभिव्यक्तिमा पर्दै आएका छन्।

पछिल्ला अभिव्यक्तिको श्रृंखला हेर्ने हो भने युवा जोश र जागर बोेकेका नेकपाका भविष्य भनेर सबैले आशा गरेका व्यक्ति कतै बरालिन खोजेको भान हुन थालेको छ। उनले सुधारका लागि थालेका कामहरु केही अभिव्यक्तिका कारण छायाँमा पर्ने सम्भावना नकार्न सकिँदैन। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएसँगै पाँच महिनापछि भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गरिएको थियो।

पर्यटनमन्त्री भट्टराईको पछिल्लो समय पशुपति क्षेत्रमा प्रत्येक साँझ गरिने आरति अगाडि राष्ट्रिय गान गाउनका लागि दिएको निर्देशननै विवादित बनेको छ। उनले आरति अगाडि राष्ट्रिय गान गाउन र बजाउन दिएको निर्देशनसँगै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा आलोचना भइरहेको छ।

Hardik ivf

पशुपतिमा मन्त्री भट्टराईले आरतिलाई राष्ट्रियतासँग जोड्नु संस्कृतिमाथिको हस्तक्षेप समेत भन्दै विरोध जनाइएको छ। जसको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टन्डनले सार्ववजनिक रुपमै विरोध गरेका छन्।

मन्त्री नियुक्त भएको दुई दिन पछाडि ‘भिजिट नेपाल २०२०’ लाई सफलता पार्न भन्दै आयोजना भएको सचिवलय बैैठकमा दिएको अभिव्यक्तिसमेत विवादमा परेको छ। उनले भिजिट २०२० उद्घाटन गर्न अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ल्याउने घोषणा गरे।

मुस्किलले मोदी ल्याउन सफल भए पनि ट्रम्पको विषय भने मन्त्री भट्टराईको हावादारी कुरा भन्दै समाजिक सञ्जालमा उडाउन थालिएको छ। उनले १० लाख मानिस टुँडिखेलमा उतारेर भ्रमण वर्ष घोषणा गर्ने अभिव्यक्ति दिए। यसमा पर्यटन क्षेत्रका व्यक्तिले भने व्यंग्य गरे, ‘पर्यटन वर्षमा सर्वसाधारणलाई टुँडिखेलमा ल्याउने होइन, विदेशबाट पर्यटक ल्याउनु पो हो।’

मन्त्री भट्टराईले दिएको अभिव्यक्तिमा सबैभन्दा बढी उडाइएको विषय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा हो। उनले १० लाख जनता उतारेर निजगढ विमानस्थलको मंसिरमा शीलान्यास गर्ने घोषणा गरेका थिए। जुन अपत्यारिलो र असम्भव हो।

अर्को कुरा शीलान्यास हुँदैमा आयोजना निर्माण हुदैंन भन्ने पनि मन्त्री भट्टराईले बुझ्न नसकेको विषय हो। यदी विमानस्थल बनाउनेनै हो भने पहिले वनको विषय टुग्याउन जरुरी छ। त्यसपछि कुन मोडालिटिमा बनाउने र लगानीकर्ताको टुंगो लागेपछि बल्ल शीलान्यास गरे सार्थकता हुन्छ।

मन्त्री भट्टराईले अर्को बुझ्न नसकेको र ढिँपी गरिरहको विषय भने एयरलाइन्सको भाडामा ज्येष्ठनागरिकलाई छुटको विषय हो। यतिवेला एयरलाइन्स कम्पनीहरुलाई उनले ७० वर्षमाथिका ज्येष्ठनागरिकलाई ५० प्रतिशत छुट दिनका लागि दवाव दिदैं आएका छन्।

यो विषय एयरलाइन्स क्षेत्र नबुझेका मानिसले गर्ने तर्क भन्दै एयरलाइन्स कम्पनीहरुले कार्यान्वयन गर्नै नहुने बताउँदै आएका छन्। बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले मन्त्रीको प्रस्ताव ठाडै अस्विकार गरिदिएका थिए।

यो भाडा छुटको विषय पहिलो कार्यान्वयनै हुदैन, भइहालेमा पनि भाडादरको माथिल्लो शुल्कबाट छुट हुने हो। जसमा ज्येष्ठनागरिकले झनै घाटा हुने निश्चत छ।

उदारणका लागि अहिले धनगढीको भाडा नौ हजार नौ सय रुपैयाँ रहेको छ। जुन सबैभन्दा बढी भाडा हो। तर अहिले प्रतिस्प्रर्धाले धनगढीमा एयरलाइन्सहरुले चार हजार रुपैयाँमै टिकट बिक्री गरिरहेका छन्। यसो हुदाँ छुट दिने व्यवस्था भएका कम्पनीहरुले नौ हजार नौ सयबाट दिने हो। जुन छुट लिदाँ झनै घाटा हुने निश्चत रहेको छ।

अर्को, हवाइ भाडामा ईन्धन शुल्कमा छुट हुने कुरै भएन्। त्यो भन्दा बाहेको फेयरमा मात्रै छुट गरिने हो। फेयरमा छुटमा ५० प्रतिशत छुट गर्दा पनि अहिले दिइरहेको भाडाभन्दा धेरै फरक पदैन्।

मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको भविष्यको बारेमा सवैभन्दा बढी चिन्तित हुनुपर्ने हो। तर उनले त्यसतर्फ ध्यान केन्द्रीत गरेको देखिदैन। निगमले खरिद गरेका दुई थान वाइडबडी जहाजका किस्ता तिर्न छाडेको छ। जसमा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषले अर्थ मन्त्रालयलाई ताकेता गर्न थालिसकेको छ।

यता नयाँ रुटमा निगम जान सकेको छैन भने गएको जापानमा पनि मार्केटिङ गर्न नसकेर जहाज रित्तै उडान भर्नुपर्ने अवस्था आएको छ। चीन, साउदी अरबलगायत देशमा उडान गर्न निगम नेतृत्व असफलनै भइसकेको छ। भलै मन्त्री भट्टराईले निगम सुधारका लागि भन्दै सुझाव दिनका लागि समिति भने बनाएका छन्। यसले दिने सुझाव र कार्यान्वयन गर्न मन्त्री भट्टराईलाई मुख्य चुनौति हुने देखिएका छ।

मन्त्री भट्टराईले सरकारले २० लाख पर्यटक भित्र्याउने गरी सुरु गरेको भ्रमण वर्ष २०२० लाई गति दिलाउन समेत ठोस कार्य अगाडि बढाउन सकेका छैनन्। उनका लागि भिजिट २०२० का राष्ट्रिय संयोजक सुरज बैद्यको गतिविधिनै फलामको चिउरा सरह भएको छ।

यतिवेला सबै पर्यटक क्षेत्र संयोजक बैद्यको विरुद्धमा छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा संयोजक बनेका बैद्य महिनाको १५ दिन देश बाहिर हुने गर्छन्। जसमा नेपाल पर्यटन बोर्डदेखि मन्त्रालय हैरान परिसकेका छन्। बोर्ड र मन्त्रालयका अधिकारी प्रश्न गर्छन, ‘महिनामा १५ दिन बाहिर रहन्छन, स्वदेश फर्किएको पनि पत्तै हुन्न। काम कसरी हुन्छ?’

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्