Kathmandu Press

यसरी फेरिए हावाहुरीले ध्वस्त तराईका बस्ती

बारा, भदौ १९ : हावाहुरीले एकैरात ध्वस्त भएका तराईका बस्तीले नयाँ स्वरुप पाएका छन्। नेपाली सेनाले गत

यसरी फेरिए हावाहुरीले ध्वस्त तराईका बस्ती
काठमाडौं प्रेस

बारा, भदौ १९ : हावाहुरीले एकैरात ध्वस्त भएका तराईका बस्तीले नयाँ स्वरुप पाएका छन्। नेपाली सेनाले गत चैत २१ गते ध्वस्त बस्तीलाई पुनःनिर्माण गरेर स्थानीय वासिन्दालाई हस्तान्तरण गरेको छ।

सेनाले हस्तान्तरण गरेका बारा र पर्साका घर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रमाणपत्र स्थानीय तहका प्रमुखलाई प्रदान गरेका छन्। सेनाले चार महिनामा आठ सय ६९ घर पुनःनिर्माण गरेको हो।

सरकारले हावाहुरीले क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनाको २८ नं. बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो।

प्रतिघर चार लाख ८४ हजार आठ ८८ रुपैयाँ ६० पैसाको लागतमा निर्माण गरिएको जनाएको छ। पुनःनिर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो।

यसमा दुई हजार ६ सय ६५ सैनिक र तीन हजार ६ सय ७७ गैरसैनिक परिचालित गरिएको सेनाले जनाएको छ।

सेनाले निर्माण गरेको दुई वटा कोठा, सानो भन्छाकोठा, बरन्डा र एउटा शौचालय भएको घरको क्षेत्रफल ३४८.६ वर्गफिट रहेको छ। हावाहुरी थेग्ने, भूकम्परहित, वातावरण अनुकूलको भवन निर्माण गरिएको सेनाले जनाएको छ।

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, भदौ १९, २०७६