Kathmandu Press

कान्ति राजपथमा डेढ अर्ब लगानी र एक वर्ष समय थपिने

काठमाडौं, भदौ १८ : राजधानी जोड्ने छोटो दूरीको सडक कान्ति राजपथ निर्माणमा लागत र समय दुवै बढ्ने भएको

कान्ति राजपथमा डेढ अर्ब लगानी र एक वर्ष समय थपिने
काठमाडौं प्रेस

काठमाडौं, भदौ १८ : राजधानी जोड्ने छोटो दूरीको सडक कान्ति राजपथ निर्माणमा लागत र समय दुवै बढ्ने भएको छ। आयोजनाको लागत डेढ अर्ब बढाउने गरी प्रारम्भिक अध्ययन गरिएको छ  भने समय कम्तिमा एक वर्ष लम्बिने भएको छ।

काठमाडौं–हेटौडा जोड्ने ९२ किलोमिटर सडक सम्पन्न हुनै लाग्दा प्राविधिक हिसावले समस्या पर्ने प्रतिवेदन सडक विभागका प्राविधिकले दिएसँगै लागत बढाउने गरी अध्ययन सुरू गरिएको हो। विगतमा तीन अर्ब ३५ करोड लागत अनुमान गरिएको राजपथमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ।

सडक निर्माणका लागि लागतसँगै निर्माण अवधिसमेत लम्बिनेछ। आयोजनाका अनुसार असोजमा सम्पन्न गर्ने तयारी गरिएको आयोजना कम्तिमा एकवर्ष समय लम्बिने देखिएको हो।

Hardik ivf

कान्ति राजपथ निर्माण सम्पन्न हुनै लागेपछि प्राविधिक हिसावले लगानी जोखिममा परेको प्रतिवेदन सडक विभागको एक प्राविधिक टोलीले बुझाएको थियो। हाल राजपथको ७५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको छ।

अहिलेकै निर्माण संरचनाले वर्षातको समयमा सडक सञ्चालन हुन नसक्ने भएपछि पहिरो रोकथामलगायत अन्य विषयका लागि भन्दै राजपथका लागि एक अर्ब ५० करोड थप लागत बढ्ने निष्कर्षसहित अध्ययन सुरू गरिएको छ।

भौगोलिक बनोटका कारण विस्तृत अध्ययन प्रतिवेदनमै पहिरो रोकथामको विषय आउनु पर्ने थियो। तर निर्णाण सम्पन्न हुन लाग्दा समस्या आएपछि सडक विभाग तथा आयोजनाले डेढ अर्बभन्दा बढी लागत थपेर संरचना तयार पार्नुपर्ने निष्कर्ष निकालेको हो।

सडक निर्माणका लागि आयोजनाले पहिरो जोखिमको आंकलन नगर्दा अहिले समस्या आएकोले लागत बढाएर कान्ति राजपथलाई सम्पन्न गर्नुपर्नेमा छलफल चलिरहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर अबिन्द्र खड्काले बताए।

आयोजनाले ९२ मध्ये ४५ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। ‘अब पहिरो निवारणका लागि एक अर्ब ५० करोड थप आयोजनाका लागि रकम छुट्याउनु पर्ने प्रारम्भिक अनुमान गरिएको छ,’ खड्काले भने।

अन्य पहाडी सडकभन्दा यो सडकमा बढी जोखिम भने देखिएको खड्काले बताए। आयोजनाले असोजसम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि यसमा अब केही पर धकेलिने भने देखिएको उनले बताए।

राजधानीबाट छिटो तराई जोड्नका लागि भन्दै कान्ति राजपथ ६३ वर्ष अघि २०१३ देखि चर्चा सुरु गरिएको थियो। २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले सडकको शिलान्यास गरेका थिए।

दुई वर्षमै ट्रयाक खोलेर राजा महेन्द्र कान्ति राजपथमा आफै गाडी हाँकेर हेटौडा पुगेको थिए। त्यसयता चर्चामात्रै भएपनि आर्थिक वर्ष २०६५÷६६ देखि सरकारले  बजेट छुट्याएर काम अगाडि बढाएको थियो।

यस वर्षको वर्षातमै ३२ करोड रुपैयाँ सरकारको लगानी खेर गइसकेको छ। गत वैशाखमा गरिएको कालोपत्रे असारमा सबै बाढीले बगाएको हो। अधिकांश स्थानमा पहिरो गएको छ। पहिरोका कारण सडक सञ्चालन नहुने अवस्थामा पुगेको छ।

करिव ९२ किमिमा हेटौंडाबाट राजधानी जोड्ने कान्ति राजपथ सडक वर्खासँगै पाइलापिच्छेनै जोखिम बढेपछि यतिवेला प्राविधिक र आयोजनाको टाउको दुखाइ भएको हो।

सडकको एक दर्जन स्थानमा जोखिमपूर्ण भएको छ। कुनै स्थानहरुमा हरेक वर्ष सडक भत्कने गरी चट्टान आएर बसेको छ। कमजोर चट्टानमा कटान धेरै गरिएपछि समस्या आएको समेत प्राविधिकरुको निष्कर्ष रहेको छ।

कोरिया सरकारले यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो। डीपीआर तयार परेको १० वर्षसम्म आयोजना निर्माणमै अल्झिएको थियो।

तर ठेकेदार छनोट तथा अन्य प्रक्रियाले पुन ६ वर्ष आयोजना लम्बियो। २०७१ बाट मात्रै कामले द्रुतता पाएको थियो। तर निर्माणको अन्तिम चरण आएपछि प्राविधिहरुले सडक १२ महिना चलाउन नसकिने निष्कर्ष निकालेको छ। अब फेरि लगानी थप गरेर निर्माण गरिने भएको छ।

याे पनि पढ्नुस् :
कान्ति राजपथमा खर्च भएकाे साढे दुई अर्ब खेर

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, भदौ १८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्