Kathmandu Press

नेपाललाई नयाँ हवाइ ‘रुट’ नदिन भारतले झिक्यो झमेला

काठमाडौं, भदौ ४ : भारतले नेपाललाई दिने भनेको हवाइ रुटमा फेरि नयाँ अड्को थापेको छ। नयाँ हवाइ रुट

नेपाललाई नयाँ हवाइ ‘रुट’ नदिन भारतले झिक्यो झमेला
काठमाडौं प्रेस

काठमाडौं, भदौ ४ : भारतले नेपाललाई दिने भनेको हवाइ रुटमा फेरि नयाँ अड्को थापेको छ। नयाँ हवाइ रुट नदिनका लागि भारतले ‘कश्मीर’ समस्या देखाएको छ।

भारतले नेपाललाई जनपुर र नेपालगञ्ज रुट प्रयोग गर्न दिने सहमति जनाएको थियो। जसअनुसार, तयारी अन्तिम चरणमा पुग्दा पुनः कश्मीरमा चालेको कदमपछि पकिस्तानसँगको तनावलाई देखाउँदै पुनः अड्को थापेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डनयन मन्त्रालय स्रोतका अनुसार जनकपुर र नेपागञ्ज रुट दिने भनेको भारतले अन्तिममा आएर कश्मीर समस्या देखाएको हो।

‘भारतले केही समयका लागि रुट दिने प्रक्रिया थाँती राखिएको जनाएको छ,’ मन्त्रालय स्रोतले काठमाडाैंप्रेससँग भन्यो। नेपालले भारतसँग जनकपुर, महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाको हवाइ रुट माग्दै आएको छ।

Hardik ivf

जनकपुर र नेपालगन्ज दिन भारत तयार भएपछि नेपालले पछिल्लो समय रुट बनाएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) मा पठाउने तयारी समेत सुरू गरेको थियो। भारतले केही समय पाकिस्तानसँगको तनावका रोक्ने आशयको अनौपचरिक जवाफ पठाएकाले फेरि केही समय नेपालले नयाँ हवाइ रुट नपाउने भएको छ।

भारतले भैहरवाको रुट भने दिन नसक्ने यसअघि नै जनाउ दिएको थियो। पछिल्लो समय भएका औपचारिक र अनौपचारिक वार्तापछि भने नेपालगन्ज र जनकपुर रुट दिन तयार भएको थियो।

एक वर्षअघि असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता भने भाँडिएको थियो। वार्ता भाँडिएसँगै नयाँ हवाइ रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्री स्तरबाटै पुनः पहल सुरु भएको थियो।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हवाइ रुटको विषयमा पटकपटक छलफल गरेपछि भारतले दुई वटा रुट दिन तयार भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा पनि हवाइ रुटको विषय एजेन्डामा राखिएको थियो। त्यसक्रममा पनि प्राविधिक तहबाट समस्या समाधान गर्ने सहमति भएको थियो।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि नयाँ हवाइ रुट अत्यावश्यक रहेको छ। हाल सिमराबाट मात्रै भारतले हवाइ रुट खुला गरेको छ।

गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने भएको थियो। उक्त सहमति समेत कार्यान्वयनमा आउन सकेको छैन।

भारतले ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको भएको थियो। तर म्यानमार र भुटानको सहमति आवश्यक पर्ने भएकाले उक्त रुट खुल्ने विषयमा कुनै पनि प्रक्रिया नेपालले अगाडि बढाउन सकेको छैन।

काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो। त्यस्तै, ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बि–३४५) रहेको छ भने काठमाडौं–जलेश्वर–पटना (जी–३३५) रुट रहेको छ।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्