Kathmandu Press

पूर्ण क्षमतामा कुलेखानी चलेपछि पानीको खतरा हट्यो, तत्काल ढोका नखोलिने 

काठमाडौं, असार ३१: कुलेखानी जलविद्युत केन्द्रको जलाशयको ढोका तत्काल नखोलिने भएको छ। लगातार वर्षाका कारण मकवानपुरमा रह

पूर्ण क्षमतामा कुलेखानी चलेपछि पानीको खतरा हट्यो, तत्काल ढोका नखोलिने 
फाइल फोटो

काठमाडौं, असार ३१: कुलेखानी जलविद्युत केन्द्रको जलाशयको ढोका तत्काल नखोलिने भएको छ। लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय खतरा विन्दुमा पुगेको भन्दै खोल्ने तयारी गरिएको थियो। 

जलाशयको ढोका जुनसुकै वेला खोल्न सकिने भन्दै तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सोमबार आग्रह गरिएको थियो। वर्षा कम हुदैं गएको तथा विद्युत पूर्ण क्षमतामा चलाएको भन्दै तत्काल ढोका खोल्नु नपर्ने विद्युत प्राधिकरणले मध्यरातमा गृहमन्त्रालयलाई जानकारी गराएको थियो।

Hardik ivf

गृहमन्त्रालय मार्फत जल तथा मौसम विज्ञान विभागलाई पनि जानकारी गराइएको थियो। विभागको बाढी भविश्यबाणी शाखाले अहिले तत्काल जलाशयको ढोका नखुल्ने र खोल्ने अवस्था आए जानकारी गराईने स्थानीयहरुलाई जानकारी गराएको छ। जलाशय भरिएको  र ढोका खोल्दा बाढी आउने भन्दै सर्लाही, रौतहट, मकवानपुर लगायत क्षेत्रमा त्रास छाएको थियो।

गत वर्षभरिमा जलाशयमा पानीको सतह १,५२६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्ममै १,५२६ मीटर पुगेको छ। सोमबार बिहान साढे पाँच बजे १,५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १,५२६ मीटर पुगेको हो।

जलाशयमा अधिकतम १,५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणले जनाउँदै आएको छ । प्राधिकरणका अनुसार असोजमा भरिने जलाशय असारमै भरिएपछि पूर्ण क्षमतामा चलाएको हो। 

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने छ।  कुलेखानी बर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अध्यधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो। विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ। 

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ। अविरल वर्षाका कारण तराईमा विद्युत माग घटेको छ। अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ।

प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्