Kathmandu Press

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भारत र कतारसहित सात देशको प्रस्ताव

काठमाडौं, असार २६ : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सात वटा देशका क

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भारत र कतारसहित सात देशको प्रस्ताव

काठमाडौं, असार २६ : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सात वटा देशका कम्पनीले प्रस्ताव पेश गरेका छन्। गत चैत दोस्रो साता आयोजित लगानी सम्मलेनमा लगानी बोर्डले निजगढ विमानस्थललाई विशेष प्राथमिकताका साथ पेश गरेको थियो।

निजगढ विमानस्थलबारे केही दिन अघिसम्म सात वटा देशले चासो देखाएको बोर्ड स्रोतले जानकारी दिएको छ। बोर्डले अहिले सातै देशका कम्पनीसँग दुईपक्षीय छलफललाई तिव्र पारेको छ।

आगामी मंसिरसम्ममा कुनै एक कम्पनीसँग सम्झौता गरेर अगाडि बढ्ने लक्ष्य बोर्डले लिएको छ । बोर्ड स्रोतका अनुसार सबैभन्दा बढी चासो र राम्रो प्रस्ताव भने कतारले राखेको छ।

Hardik ivf

कतारसहित मलेसिया, थाइल्यान्ड, साउदीअरब, सिंगापुर, दक्षिण कोरिया र भारतीय कम्पनीले निजगढ विमानस्थल निर्माणमा चासो दिएको बोर्ड स्रोतले काठमाडौं प्रेसलाई बतायो।

बोर्डले सातवटै देशका कम्पनीको प्रस्तावलाई अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणका प्राविधिक र हवाई विज्ञहरूलाई दिएको छ। ‘दुईपक्षीय छलफलमा जुन कम्पनीले राम्रो प्रस्ताव गर्छ, सोही अनुसार सम्झौता प्रक्रिया अगाडी बढ्ने हो,’ बोर्ड स्रोतले भन्यो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन खर्ब ३० अर्बभन्दा बढी रुपैयाँ (तीन अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको छ। सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना शोकेस गरेको थियो। जसमा सबैभन्दा आर्कषक आयोजनाको रुपमा विदेशी लगानीकर्ताहरूले निजगढ विमानस्थलमा चासो दिएका छन्।

सरकारले जिटुजी मोडलमा निजगढ विमानस्थल दिने तयारी गरेको हो। जसमा लगानी, निर्माण र निश्चित समयका लागि सञ्चालनको जिम्मा सोही कम्पनीले पाउने छ।

२०६४ मा मन्त्रीपरिषद् बैठकले विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाईड (एलएमडवल्लु) लाई जिम्मा दिएको थियो।

सोही कम्पनीले २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने सुझाव दिएको थियो। सोही प्रतिवेदनका अनुसार सरकारले निर्माण प्रक्रिया अगाडि बढाएको छ।

सरकारले जिटुजी मोडलमा कुनै देशको कम्पनीलाई कम्तीमा ३० वर्षका लागि निजगढ विमानस्थल निर्माणको जिम्मा दिने तयारी समेत गरेको छ। यसअघि पनि कतारले नेपाल सरकारसँग निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्ने भन्दै ३० वर्षका लागि मागेको थियो।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले कतारलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा दिनेगरी छलफल समेत गरेको थियो। अर्थ मन्त्रालयले गत वर्षनै निजगढ विमानस्थल निर्माणको लागि पीपीपी मोडल उपयुक्त हुनेगरी सुझाव दिएको थियो।

तीन हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावनमार्ग हुने विमानस्थलमा विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्छन।  

निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, आठ भन्सार जाँच काउन्टर रहनेछन।

त्यस्तैगरी यात्रुको सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लोतलामा आगमनका लागि बनाइने छ।

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्