Kathmandu Press

यात्राकार्ड बोकेर साझा बसमा सरर

काठमाडौं, चैत २९ : हरिवंश आचार्यको स्वरमा पुरानो गीत थियो, ‘साँझा बसमा जो पनि चड्दछ, किलिन्डरले दुई रुप्याको टिकट काट्दछ ।’

अब भ....

यात्राकार्ड बोकेर साझा बसमा सरर
साझा यातायात

काठमाडौं, चैत २९ : हरिवंश आचार्यको स्वरमा पुरानो गीत थियो, ‘साँझा बसमा जो पनि चड्दछ, किलिन्डरले दुई रुप्याको टिकट काट्दछ ।’

अब भने साँझा बसमा चढ्दा टिकट काट्नु नपर्ने भएको छ । यात्राकार्ड बोकेरै साँझा बसमा हुइकिन पाइने भएको हो।

साझा यातायातले यात्रुको सहजताका लागि यात्राकार्ड प्रयोगमा ल्याएको छ ।  सुरुआतमा केही बसमा परीक्षण गरिएको र यो सफल भएको साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए । ‘यो परिक्षण हो । केही समस्या पनि आउन सक्छ कि भन्ने थियो, त्यस्तो केहि भएन,’ तुलाधरले भने, ‘धेरै राम्रो भएको प्रतिक्रिया पाएका छौँ।’

Hardik ivf

यात्राकार्ड दुई सय रुपैयाँको छ । यो बोकेर यात्रा गर्न सकिने साझाले व्यवस्था गरेको हो । साझा यातायातको कार्यालय वा साझा बसका सहचालकसँग यात्राकार्ड खरिद गर्न सकिने छ।

साझा बस चढेपछि सहचालकले यात्राकार्डलाई ट्याप मेसिनान रिन्यू गर्छन् । त्यसपछि यात्रा गरेको दूरी अनुसार, यसबाट पैसा काटिँदै जान्छ । यसमा भएको पैसा सकिएपछि नयाँ कार्ड लिन सकिन्छ।

यसले यात्रुलाई पनि सहज हुने साझाले जनाएको छ । टिकट काट्नु पर्ने झञ्झट सकिएको छ भने सहचालकसँग भाडाका विषयमा हुने झमेला पनि अन्त्य हुने साझाको विश्वास छ।

यात्राकार्ड सञ्चालनमा आएको दुई महिना भएको छ । दुई महिनामा पाँच सय यात्राकार्ड बिक्री भएको साझाले जनाएको छ । यात्रुबाट राम्रो प्रतिक्रिया आएको जनाउँदै साझाका कार्यकारी निर्देशक तुलाधरले भने, ‘अब आउने नयाँ साझा बसमा पनि यात्राकार्ड लागू गर्ने छौं ।’

अहिले साझाका ५१ बस संचालनमा छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा ४५ तथा ६ वटा बस बागलुङ–काठमाडौं रुटमा चल्ने गरेका छन्।

साझा यातयात ०१८ चैत ३ गते तत्कालीन सहकारी संस्था ऐन २०१६ अन्तर्गत दर्ता भएको थियो । दर्ता भएको चार महिनापछि ०१९ श्रावण १ गतेदेखि काठमाडौंको शहरी क्षेत्रमा सार्वजानिक यातायात संचालन गरेको थियो।

०६४ जेठमा बन्द भएका साझाका बस ०६९ देखि संचालनमा आएका हुन । अहिले साझा थप २० बस ल्याउने तयारीमा छ । त्यसका लागि कर्मचारीसमेत ठिक्क पारिसकेको छ।

अहिले ९० चालक, ८९ परिचालक, दुई सुरक्षा कार्ड र २० जना सफाइ कर्मचारी छन्।

अन्य बसमा पनि यात्राकार्ड राखिने

साझा यातायातमा प्रयोगमा आएको यात्राकार्ड प्रभावकारी भएपछि अब अन्य बसमा पनि राखिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायातमा यात्राकार्ड राख्नु पर्ने व्यवस्था गर्न लागेको प्रवक्ता इश्वरमान डंगोलले बताए।

यसका लागि महानगरले ‘शहरी योजना आयोग विधेयक, २०७५’ नगरसभाबाट पारित गरिसकेको उनले बताए । अन्य सार्वजानिक यातायातमा पनि यात्राकार्ड प्रयोगमा ल्याउने आन्तरिक छलफल भइरहेको उल्लेख गर्दै नगरसभाले पारित गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने उनको भनाइ छ।

 

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्