Kathmandu Press

नौ महिना आइपुग्दासम्म अधिकांस अर्थतन्त्रका सूचक नकारात्मक

काठमाडौं, जेठ ५ : चालु आर्थिक वर्षको नौ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन्

 नौ महिना आइपुग्दासम्म अधिकांस अर्थतन्त्रका सूचक नकारात्मक
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ ५ : चालु आर्थिक वर्षको नौ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन्। दुई तिहाइको बलियो सरकार गठनपछि अर्थतन्त्रमा सुधार आउने आशा गरिएको थियो। तर, यो अवधिमा अर्थतन्त्रका सूचकहरू झन्–झन् नकारात्मक हुँदै गएका छन्।

नौ महिनामा व्यापार घाटा झन् बढेको छ। सोधान्तार घाटा पनि चुलिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आर्थिक सूचक आधिकांश नकारात्मक देखिएको हो।

व्यापार घाटा ९ खर्ब ९१ अर्ब

Hardik ivf

चालु आर्थिक वर्षको नौ महिनामा कुल बस्तु व्यापार घाटा २१.६ प्रतिशतले बढेर ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो। नौ महिनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर रु.१०६१ अर्ब ६३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९.२ प्रतिशत, चीनबाट भएको आयात ३५.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.० प्रतिशतले बढेको छ।  

नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.२ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५.७ प्रतिशतले कमी आएको छ ।   

शोधानान्तर घाटा ६४ अर्ब ६८ करोड

चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता घाटा बढेर २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनामा १४ करोड ४१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटा पुगेको छ।  

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो रहेको थियो।  

डलरसंग झनै कमजोर नेपाली रुपैयाँ

विनिमय दर २०७५ असार मसान्तको तुलनामा २०७५ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । २०७५ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर ११०.३५ रुपैयाँ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर १०९.३४ रुपैयाँ रहेको थियो।
 
 सरकारी खर्च बढ्नै सकेन

पछिल्लो नौ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले खर्चको अवस्था पनि निराशाजनक देखाएको छ । बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कूल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ । तर अघिल्लो वर्षको नौ महिनामा कूल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।  २०७५ चैत मसान्तमा सरकारका विभिन्न खाताहरुमा १ खर्ब ४४ अर्ब ९२ करोड नगद मौज्दात रहेको छ।

पुँजी बजारमा पनि खराव

२०७४ चैत मसान्तमा १२ सय ७७ दशमलव ६ विन्दुमा रहेको नेप्से परिसूचक मा यो चैत महिनामा ११ सय ८४ विन्दुमा झरेको छ । धितोपत्र बजार २ दशमलव ४ प्रतिशतले घटेर १४ खर्ब ६२ अर्ब ५१ करोड कायम भएको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४ खर्ब ७ अर्ब ६४ करोड पुगेको छ।

आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा २३ अर्ब ६० करोड बराबरको साधारण सेयर, ८ अर्ब ५९ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २ करोड बराबरको बोनस सेयर र ३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
 
 बैदेशिक लगानीमा आधा कम  

चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक लगानी झनै कमजोर देखिएको छ । गत वर्ष भन्दा ५० प्रतिशतले कमी आएको छ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो रहेको थियो।
 
 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, जेठ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्