Kathmandu Press

बारा र पर्सामा हावाहुरीले मृत्यु हुनेकाे संख्या २८ पुग्यो, अस्पतालमा उपचार गर्ने ठाउँको अभाव (अपडेटेड)

वीरगञ्ज, चैत १७ : आइतबार साँझ आएको शक्तिशाली हावाहुरीले बारा र पर्साका विभिन्न भागमा घरहरू भत्क

बारा र पर्सामा हावाहुरीले मृत्यु हुनेकाे संख्या २८ पुग्यो, अस्पतालमा उपचार गर्ने ठाउँको अभाव (अपडेटेड)

वीरगञ्ज, चैत १७ : आइतबार साँझ आएको शक्तिशाली हावाहुरीले बारा र पर्साका विभिन्न भागमा घरहरू भत्काउँदा दर्जनौंको ज्यान गएको छ। आइतबार मध्यराति पर्साका एसपी रेवती ढकालले काठमाडौं प्रेसलाई दिएको जानकारीअनुसार मृतकको संख्या २८ पुगिसकेको छ । त्यसमध्ये सबैभन्दा बढी बारामा २७ जना छन् । एक जना पर्सामा छ । मर्नेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

यसअघि एसपी ढकालले कम्तीमा २३ जनाको मृत्यु भइसकेको काठमाडौं प्रेसलाई बताएका थिए । मर्नेमा बालबालिका र महिलाको संख्या धेरै छ।

तीमध्ये धेरैको ज्यान आफ्नै घरले किचेर भएको थियो । कच्का फुसका घर मात्रै नभई कतिपय पक्की घरहरू समेत लडेका छन् । हालैका दशकमा यति शक्तिशाली हावाहुरी तराईमा नआएको स्थानीय वासिन्दाहरू बताउँछन्।  

Hardik ivf

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ट्वीट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र ४०० जना घाइते भएको जनाएका छन् । घाइतेहरूको वीरगञ्जकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

बेड नपाएर भूइँमै पनि विरामीहरूलाई राखिएको छ । वीरगञ्जका स्थानीय एम्बुलेन्सहरूले नपुगेर सीमापारि रक्सौलबाट पनि थप एम्बुलेन्सहरू मगाइएको छ। 

अहिलेसम्म दुई जनाको मात्रै नाम खुलेको पर्साका एसपी ढकालले काठमाडौं प्रेसलाई बताए । पहिचान भएका मृतकमा वीरगञ्ज–१८ का सरोज राम र फेटा गाउँपालिकाकी रुनी देवी छन् । 

बाराको फेटा गाउँपालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ । त्यहाँ धेरै घरहरू हावाहुरीले ढलेका छन् । घाइतेहरूको वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज हेल्थ केयर र एडभान्स मेडिकेयरमा उपचार भइरहेको छ ।

घाइतेको उपचारका लागि तत्काललाई औषधिको अभाव नभए पनि केही ग्रुपका रगतको भने अभाव रहेको स्थानीय चिकित्सकहरूले बताएका छन् । उनीहरूले आपतकालीन रक्तदानका लागि आग्रह गरेका छन् । 

अपडेट हुँदैछ 

Last updated: 1:30 am, Monday 

आपतकालीन राहतमा खटिएका रेडक्रसकर्मीहरू

प्रकाशित मिति: २३:१० बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्