नेपालका दुई बैंकको ग्यारेन्टी रकम तिर्न चाईना कन्स्ट्रक्सनलाई चिनियाँ अदालतको आदेश
काठमाडौैं, ३ फागुन : चिनियाँ आदालतले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ
काठमाडौैं, ३ फागुन : चिनियाँ आदालतले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई तिर्न आदेश गरेको छ ।
बुधबार भएको फैसलासँगै हिमालयन बैंक र बैंक अफ काठमाडौंले १ अर्ब ५१ करोड बराबर रकम पाउने भएका छन् । चीनको सर्वोच्च जन अदालतले बुधबार अन्तिम फैसला गर्दै चाइना कन्सट्रक्सन बैंकलाई नेपालको रकम तिर्नेगरी फैसला गरेको हो ।
चीनको सर्वोच्च जन अदालतले बुधबार अन्तिम फैसला गर्दै चाइना कन्सट्रक्सन बैंकलाई नेपालको रकम तिर्नेगरी फैसला गरेको बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोहनदेव पन्तले जानकारी दिए ।
‘चीनको अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेको छ, अब हाम्रो विगत लामो समयदेखिको विवाद अन्त्य भएको छ,’ सिइओ पन्तले भने । बुधवार अन्तिम फैसलामा हुने वहसका लागि दुइवटै बैंकले वकिल र प्रतिनिधिहरु पठाएका थिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वे ग्रुप अफ कम्पनी सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर कामै नगरी २०६९ भदौमा सम्झौता तोडेर भागेको थियो ।
सिइओ पन्तका अनुसार अदालतमा उपस्थित भएको चाइना कन्सट्रक्सन बैंकले पनि रकम तिर्न तयार रहेको पन्तले जानकारी दिए । ‘अब अदालतको पूर्ण पाठ आएपछि बाँकी प्रक्रिया अगाडी बढ्ने छ,’ पन्तले भने ।
आयोजनाको सहायक काउन्टर ग्यारेन्टी हिमालयन बैंक र बैंक अफ काठमाडौँ बसेका थिए । ठेकेदार भागेपछि मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका बिओके र हिमालयन बैंकसँग क्षतिपूर्तिको दाबी गरेको थियो ।
हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाडौंको ८५ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए । दुई बैंकले ग्यारेन्टी रकम माग गरेसंगै ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीले भागेर चीनको अदालतमा मुद्दा दायर गरेको थियो ।
यता मेलम्ची खानेपानी आयोजनाले भने काउन्टर ग्यारेन्टी बस्ने दुई बैंकले रकम तिर्नुपर्ने दाबी गरेको थियो । तर, चाइना रेल्वेबाट पैसा नआएकाले आयोजनालाई रकम तिर्नू नपर्ने भन्दै हिमालयन बैंक र बैंक अफ काठमाडौंले पुनरावेदन अदालत पाटनमा मेलम्ची मुद्दा दायर गरेका थिए ।
ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडौँ र हिमालयन बैंकलाई दिन नपर्ने आदेश जारी गरेको थियो ।
आयोजना विकास समिति र चाइना रेल्वेबीच सन् २००९ मा भएको सम्झौतामा सन् २०१३ को सेप्टेम्बरसम्ममा मेलम्चीदेखि राजधानीको सुन्दरीजलसम्म २६.५ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने उल्लेख गरेको थियो । तर, सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसम्म ठेकेदारले जम्मा ६ किलोमिटर मात्रै सुरुङ खनेर ठेकेदार भागेको थियो ।