Kathmandu Press

केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि

सुर्खेत, चैत २८ : कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।

कर्णाली क्रिकेट एकेडेमीको आय....

केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि

सुर्खेत, चैत २८ : कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ।

एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले सहभागिता जनाउने भएका छन्।

आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ । केपीएलको पहिलो संस्करण गत वर्ष सम्पन्न भएको थियो।

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्