Kathmandu Press

भीएनसीए टी–१० प्रतियोगितामा आठ टोली सहभागी हुने

मेलबर्न, चैत २७ : अष्ट्रेलियाको मेलबर्नमा हुने टी–१० क्रिकेट प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएका छन्।

भिक्टोरियन नेप्लिज ....

भीएनसीए टी–१० प्रतियोगितामा आठ टोली सहभागी हुने

मेलबर्न, चैत २७ : अष्ट्रेलियाको मेलबर्नमा हुने टी–१० क्रिकेट प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएका छन्।

भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियसन (भिएनसीए)को आयोजनामा हुने प्रतियोगिता अप्रिल १३ र १४ तारिखमा मेलबर्नको बोइङ रिजर्भमा हुनेछ। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भिएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी यश्वन्त सुवेदीले बताए। 

प्रतियोगितामा एक्सपर्ट क्रिकेट क्लब, सगरमाथा ए, सगरमाथा बी, गोर्खाली क्रिकेट क्लब, द हिमालयन क्रिकेट कल्ब, रोयन राइनोज, नारे किङ्गस र ब्रिलियन्ट क्रिकेट क्लबबीच प्रतिस्पर्धा  हुनेछ। प्रतियोगिताका विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सअघि एकदिवसीय र टी–ट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी–१० स्वरुपमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गरिएको भीएनसीका अध्यक्ष सुवेदीले बताए।

प्रकाशित मिति: १५:११ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्