मलेसियन कलिङ भिसा लागेका कामदारलाई श्रम स्विकृति दिन सुरु
काठमाडौं, चैत २७ : मलेसियाको कलिङ भिसा लागेका कामदारले श्रम स्वीकृति पाउन थालेका छन् । सरकार बन्द गरेको १० महिनापछि कामदार मलेसिया जाने बाटो खुलेको छ।....

काठमाडौं, चैत २७ : मलेसियाको कलिङ भिसा लागेका कामदारले श्रम स्वीकृति पाउन थालेका छन् । सरकार बन्द गरेको १० महिनापछि कामदार मलेसिया जाने बाटो खुलेको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको उपस्थितिमा सोमबार दुई श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिइएको थियो । यससँगै मलेसियामा नेपाली कामदार जाने क्रम सुरु हुन लागेको हो।
बुधबारसम्म कलिङ भिसा लागेका २१ जनाले मलेसियाका लागि अन्तिम श्रम स्विकृति लिएको श्रम रोजगार कार्यालयका कार्यकारी प्रमुख देवेन्द्र कार्कीले बताए । ‘पहिलो चरणमा कलिङ भिसा लागेका कामदार मात्रै पठाइए पनि बिस्तारै नयाँ भिसा प्रक्रिया सुरु गर्ने तयारीमा छौं,’ उनले भने।
कलिङ भिसाको म्याद चार महिना मात्र हुने र एक पटकमात्र नविकरण गर्न पाउने भएकाले श्रमिकले गुनासो गर्दै आएका थिए । म्याद सकिएर जान नपाइने पो हो कि भन्ने श्रमिकमा चिन्ता थियो । ‘नविकरणको कारणले कसैलाई पनि मलेसियाले रोकेको छैन,’ संघका अध्यक्ष गुरुङले भने, ‘पहिला नविकरण गरिएको कम्पनीमा कामदार आवश्यक नभएकाले कम्पनीले लिन नसक्ला तर मलेसियाले रोकेको भने होइन्।’
वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कलिङ भिसा लागेर मलेसिया रोजगारीमा जान नपाएका सात हजार कामदार छन्।
कात्तिक १२ गते नेपालकातर्फबाट श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसअनुसार, सरकारले नेपाली कामदारलाई मलेसिया पठाउन सकेको छैन् । यसका लािग थप आन्तरिक छलफल गर्नुपर्ने भएकाले समय लाग्ने जनाइएको छ।












-1764753058.png)