Kathmandu Press

खानेपानीमा दुषित पदार्थ, १६ उद्योगविरुद्ध मुद्दा

काठमाडौं, चैत २६ : काठमाडौंलगायत देशका केही खानेपानी कम्पनीले बिक्री गर्ने बोतल तथा जारको पानीमा पनि दुषित पदार्थ भेटिएको छ । देशभर गरिएको परीक्षणका क....

खानेपानीमा दुषित पदार्थ, १६ उद्योगविरुद्ध मुद्दा

काठमाडौं, चैत २६ : काठमाडौंलगायत देशका केही खानेपानी कम्पनीले बिक्री गर्ने बोतल तथा जारको पानीमा पनि दुषित पदार्थ भेटिएको छ । देशभर गरिएको परीक्षणका क्रममा दुषित पदार्थ भेटिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न क्षेत्रमा उत्पादन तथा बिक्री भइरहेको खानेपानीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने दुषित पदार्थ भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘केही उद्योगको बोटलिङ गरेको खानेपानीमा कोलिफमलगायतका स्वास्थ्यलाई हानिकारक पदार्थ भेटिएको छ,’ वस्तीले भने।

विभागले अनुगमनपछि गरेको परीक्षणमा माता सरस्वती, गंगा खानेपानी उद्योग, पञ्च वेभरेज प्रा.लि, गोरखा वेभरेज प्रा.लि, श्री कृष्ण वेभरेजले बिक्री गरेको खानेपानीमा दुषित पदार्थ भेटेको जनाएको छ ।

त्यस्तै, सर्लाहीको सुधा जल उद्योग प्रा.लि, चितवनको आइल्याण्ड ड्रप, ऊँ जल उद्योग, अगम वेभरेज इन्डस्ट्रिज, डीएमएस मिनरल वाटर, नुवाकोटको दुवाल ब्रदर्श प्रा.लि, हेटौडाको शुभ वेभरेज प्रा.लि.ले बिक्री गरेको खानेपानीमा पनि खराबी देखिएको विभागले जनाएको छ।

विभागका अनुसार, झापाको दुर्गा भवानी मिनर एन्ड वेभरेज, सिरहाको नारायण पेय जलम, विराटनगरको श्रीजल उद्योग, गोमारी पानी उद्योगमा परिक्षणको क्रममा दुषित पदार्थ भेटिएको छ।

दुषित पदार्थ भेटिएका उद्योगविरुद्ध मुद्दा

विभागले पानीमा दुषित पदार्थ भेटिएका सबै कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ अन्तर्गत सबै कम्पनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता वस्तीले बताए।

मुद्दा दर्ता गर्नु अघि पनि विभागले एक हजार तीन सय एक नमुना संकलन गरेर परीक्षण गरेको थियो । त्यसमा दोषी भेटिएका संचालक तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता वस्तीले जानकारी दिए।

 

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, चैत २६, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्