Kathmandu Press

गुणस्तरहीन खाद्यसामग्री बिक्री गर्ने १३६ कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ,चैत २२ : गुणस्तरहीन खाद्य तथा पेयपदार्थ बिक्री गर्ने एक सय ३६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण व....

गुणस्तरहीन खाद्यसामग्री बिक्री गर्ने १३६ कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ,चैत २२ : गुणस्तरहीन खाद्य तथा पेयपदार्थ बिक्री गर्ने एक सय ३६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साउनदेखि फागुन मसान्तसम्म गुणस्तरहीन खानेकुरा विक्री गरेको आरोपमा ति कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ अन्र्तगत मुद्दा दायर गरेको विभागले जनाएको छ।

त्यसअघि विभागले एक हजार तीन सय एकवटा नमुना संकलन गरेर परीक्षण गरेको थियो । जसमध्ये दोषी भेटिएका संचालक तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको विभागले प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा खाद्य÷दाना उद्योग रेष्टुरेन्ट, राजमार्गका होटल गरी एक हजार एक सय १२ अनुगमन गरेको छ । आठ महिनाको अवधिमा दुई हजार एक सय ८० अनुगमन निरीक्षण गरेको विभागले जनाएको छ।

त्यस्तै आयात निर्यात निर्देशिकाअनुसार खाद्यवस्तु आयात गर्नु पूर्वअनुमति लिनु पर्ने व्यवस्था छ । विभागले कागजात नमिलेका, मापदण्ड नपुगेका, आयात प्रतिबन्ध लागेका तथा लेबल नभएका विभिन्न ४४ वटा खाद्यवस्तुको आयात अनुमति अस्वीकृत गरेको विभागका प्रवक्ता वस्तीले बताए।

विभागले परीक्षण गरेकामध्ये तेल, बिस्कुट, गुलियो, क्यान्ड मिट, नुडल्स, क्यान्ड फिस, सस, फुड प्रिजर्भ, ललिपप गरी जम्मा १५ नमुना प्रतिकूल पाइएका कारण आयात रोक्का गरिएको विभागका उनले बताए।

विराटनगर, हेटौंडा, धनगढी, उदयपुर, काभ्रे, सुर्खेत, राजविराज, सर्लाही, दमौली, काठमाडौं, पोखरा, चितवन र बाग्लुङमा दुई सय १२ होटल र रेष्टुरेन्टको स्तरीकरण गरिएको जनाएको छ । जसमा तीन वटाले अतिउत्तम, २५ वटाले उत्तम, ८० वटाले सन्तोषजनक र एक सय चार वटाले सामान्यस्तर प्राप्त गरेको विभागले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, चैत २४, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्