मिस एन्ड मिस्टर फ्रेसरमा प्रतिभा र नृपेश
काठमाडौं, चैत २४ : आफ्ना विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको काठमाडौंको नेशनल कलेजले शुक्रवार आयोजना गरेको मिस्ट....

काठमाडौं, चैत २४ : आफ्ना विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको काठमाडौंको नेशनल कलेजले शुक्रवार आयोजना गरेको मिस्टर एण्ड मिस फ्रेसर–२०१९ को उपाधि प्रतिभा पन्त र नृपेश थापाले जितेका छन् ।
कलेजका विद्यार्थीको संगठन नेसनल कलेज स्टुडेन्ट सोसाइटीले आयोजना गरेको सो प्रतियोगितामा कलेजका १६ नयाँ विद्यार्थीहरु सहभागी थिए । ट्यालेन्ट राउन्डपछि छानिएका १६ मध्ये मिस फ्रेसरमा नौ र मिस्टर फ्रेसरमा सात जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो राउन्डमा आ–आफ्नो परिचय दिएका प्रतियोगीका लागि दोस्रो राउन्डमा प्रश्नोत्तर राखिएको थियो जसमा निर्णायकहरु प्रभात रिमाल र अनुपमा अरा गुरुङले प्रश्न सोधेका थिए । त्यसमा राम्रो उत्तर दिने ६ छात्रा र चार छात्र तेस्रो राउन्डमा प्रवेश गरेका थिए ।
ट्यालेन्ट राउन्डपछि छानिएका १६ मध्ये मिस फ्रेसरमा नौ र मिस्टर फ्रेसरमा सात जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो राउन्डमा आ–आफ्नो परिचय दिएका प्रतियोगीका लागि दोस्रो राउन्डमा प्रश्नोत्तर राखिएको थियो जसमा निर्णायकहरु प्रभात रिमाल र अनुपमा अरा गुरुङले प्रश्न सोधेका थिए । त्यसमा राम्रो उत्तर दिने ६ छात्रा र चार छात्र तेस्रो राउन्डमा प्रवेश गरेका थिए ।
मिस फ्रेसरका प्रतिस्पर्धीलाई निर्णायक अनुपमा अरा गुरुङले प्रश्न सोधेकी थिइन्, ‘यदि केही समयको लागि विदामा जान पाउनु भयो भने स्वर्ग वा नर्क कुन ठाउँ जान चाहनुहुन्छ र किन ?’ त्यस्तै मिस्टर फ्रेसरका प्रतिस्पर्धीलाई अर्का निर्णायक प्रभात रिमालको प्रश्न थियो, ‘तपाई पछिल्लो पटक कहिले र किन रुनु भयो ?’
यि प्रश्नहरुको उत्कृष्ट उत्तर दिएका प्रतिभा र नृपेश मिस फ्रेसर र मिस्टर फ्रेसर घोषित भएका थिए । प्रतिभा ब्याचलर इन डेभलपमेन्ट स्टडिज र नृपेश डेभलपमेन्ट फाइनान्समा अध्ययनरत छन् ।
त्यस्तै, मोस्ट जलीमा सज्जु महर्जन, मोस्ट ट्यालेन्टेडमा रोशन रुपाखेती, बेस्ट प्ले एक्टरमा आस्था महतो, बेस्ट डिबेटरमा सौगात वाग्ले, मोस्ट सागुंइन (आशावादी) मा इशा श्रेष्ठ र मोस्ट पपुलरमा रिशब शर्माले उपाधि जितेका छन् ।
सन् २०१६ की मिस फ्रेसर काब्य विश्वकर्माले टप १६ प्रतियोगीलाई एक महिनासम्म तयारी गराएकी थिइन् जसमा उनले सहभागीहरुलाई व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, सेल्फ ग्रुमिङ, र्याम्पमा हिड्ने तरिकालगायतका बारेमा प्रशिक्षण दिएकी थिइन् ।
काठमाडौं प्रेस मिडिया पार्टनरको रुपमा रहेको सो कार्यक्रममा स्तानक तह पहिलो वर्षका विद्यार्थीलाई स्वागत गरिएको थियो भने सहभागी विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।












