Kathmandu Press

इटालियन सिरी ए फुटबलमा युभेन्टस जित नजिक

काठमाडौं, चैत २४ : युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई २-१ गोलले हराउदै जित नजिक पुगेको छ ।  यो जितसँगै युभेन्टस लगातार ....

इटालियन सिरी ए फुटबलमा युभेन्टस जित नजिक

काठमाडौं, चैत २४ : युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई २-१ गोलले हराउदै जित नजिक पुगेको छ ।  यो जितसँगै युभेन्टस लगातार आठौं सिजन इटालियन सिरी ए फुटबलको उपाधि पाउने सम्भावना बढेको छ । 

आज राति हुने नापोली र जेनोआबीचको खेलमा दोस्रो स्थानको नापोली जेनोआसँग पराजित भएमा युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबल च्याम्पियन बन्ने छ ।

शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन पाउल डिबला र मोइस किनले गोल गरेका थिए । एसी मिलानका लागि क्रिजेस्टोफ पियटकले एक गोल फर्काएका थिए ।

३९ औं मिनेटमा पियटकले गोल गर्दै एसी मिलानलाई १-० गोलको अग्रता दिलाएका थिए भने उनकै गोलमा एसी मिलानले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा डिबलाले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

८४ औं मिनेटमा मोइसले गोल गरेपछि युभेन्टसले २(१ गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि युभेन्टसले जित हात पारेको हो । यो जितपछि युभेन्टसको ३१ खेलबाट ८४ अंक भएको छ । पराजित एसी मिलानको भने समान खेलबाट ५२ अंक छ ।

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, चैत २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्