Kathmandu Press

यो साता सेयर बजार के होला?

काठमाडाैं, चैत २४: गत साता नेप्से परिसूचक ११४४ दशमलव ५३ विन्दुमा खुलेर ११७२ दशमलव ४० को उच्च विन्दुसम्म पुगेको थियो। न्यून विन्दु ११३९ दशमलव ५१ मा रहँदा   बज....

यो साता सेयर बजार के होला?
फाइल फोटो

काठमाडाैं, चैत २४: गत साता नेप्से परिसूचक ११४४ दशमलव ५३ विन्दुमा खुलेर ११७२ दशमलव ४० को उच्च विन्दुसम्म पुगेको थियो। न्यून विन्दु ११३९ दशमलव ५१ मा रहँदा   बजार ११६५ दशमलव २० मा बन्द भएको थियो।

यो अघिल्लो साताभन्दा २० दशमलव ६७ अंक अर्थात १ दशमलव ८१ प्रतिशतको वृद्धि हो। गत साता १ अर्ब ९५ करोड बराबर रकमको कारोबार भएको देखिएको छ।

प्राविधिक विश्लेषण

Hardik ivf

चित्र नं १: साप्ताहिक मैनबत्ती प्रवृत्ति

विगतको लामो समयावधिमा शेयर बजारमा के भइरहेको छ भनेर हेर्नका लागि चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिको छ। यसमा नेप्सेको प्रवृत्तिले फलिङ वेजेजको आकृति बनाएको देखिन्छ।

यो आकृतिले बजार बढ्न सक्ने सम्भावनालाई इङ्कित गरे पनि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेमा मात्र बजार बढ्न सक्ने संकेत गर्दछ। हाल बजार माथिल्लो प्रवृत्ति रेखा अर्थात मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। परिमाणले बुलिस मैनबत्तीहरुलाई समर्थन गरेको देखिन्छ। 

चित्र नं.२: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दैनिक मैनबत्ती चार्टको हो। यसको प्रवृत्तिले बजारको अधिकतम र न्यूनतम विन्दुहरु घट्दो प्रवृत्तिमा रहेकाले बजार हालसम्म घट्दो प्रवृत्तिमा नै रहेको संकेत गरेको छ।

गत महिना नेप्सेले ११०० मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथि उल्लेख गरे अनुसार गत साता पनि बजार बलियो प्रतिरोध क्षेत्रतिर नजिकिँदै गएको देखिन्छ। त्यसैले यो क्षेत्रमा कारोबारीहरुले शेयर बिक्री गर्न सक्ने प्रबल संकेतलाई नकार्न सकिन्न। 

केही समयदेखि बिक्रेताहरुको चाप रहेको बजारमा २० र ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (इएमए) ले गत साता क्रेताहरुको चाप बढी रहेको संकेत गरेको छ। यदि यी इमएहरुले निश्चित रुपमा गोल्डन क्रस गर्न सके बजार अझ सकारात्मक हुन सक्ने सम्भावना संकेत गर्दछ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६३.५३ अंकमा रहेको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताहरुको चाप रहेको र अब बजारमा शेयर बढी खरिद हुन थालेको प्रारम्भिक संकेत गरेको छ। अन्तिम दुई मैनबत्तीहरुले क्रेताको चाप कम भएको संकेत गरे पनि बजार घट्ने संकेत दिइसकेको छैन।

निष्कर्षः नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार अझै पनि घट्दो प्रवृत्तिमा रहेको र हाल प्रतिरोध क्षेत्रमा रहेकाले नयाँ लगानीकर्ताहरुको प्रवेश नभएमा कारोबारीहरुले नाफा सञ्चित गर्न अथवा घट्दो बजारमा घाटा व्यहोरिरहेकाहरुले घाटा कम गर्नलाई शेयर बिक्री गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न।

त्यसैले बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई सूचकहरुको बजार बढ्न सक्ने बलियो संकेत कुर्नु पर्ने आवश्यक देखिन्छ। 
 

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, चैत २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्