Kathmandu Press

नविल व्यालेन्स फण्डले १२ करोड इकाई निष्काशन गर्ने

काठमाडौं, चैत २२: नविल व्यालेन्स फण्डले सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ। नविल इन्भेष्टमेन्ट बैंकिङले प्रवद्र्धन गरेको फण्डले १२ करोड इकाई निष....

नविल व्यालेन्स फण्डले १२ करोड इकाई निष्काशन गर्ने

काठमाडौं, चैत २२: नविल व्यालेन्स फण्डले सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ। नविल इन्भेष्टमेन्ट बैंकिङले प्रवद्र्धन गरेको फण्डले १२ करोड इकाई निष्काशन गर्न अनुमपति पाएको हो।

नविल इन्भेष्टमेन्ट बैंकिङले हाल नविल इक्वीटी फण्ड सञ्चालन गरिरहेको छ। नविलले पाएको यो व्यालेन्स फण्ड दोस्रो हो। नियम अनुसार फण्डले दुई महिनाभित्रमा सार्वजनिक निष्काशन गरिसक्नु पर्ने हुन्छ।

बिक्री खुला गरिएको अवधिमा न्यूनतम पनि ५० प्रतिशत बिक्री हुनु पर्नेछ। यदि निमय अनुसार सयम थप गर्दा पनि ५० प्रतिशत बिक्री हुन सकेन भने योजना नै खारेज हुने व्यवस्था छ।
 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, चैत २२, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्