फिफा वरियतामा नेपाल १६१ औं स्थानमा यथावत, शीर्ष स्थानमा बेल्जियम
काठमाडौं, चैत २१: फिफा वरियतामा नेपाल १६१ औं स्थानमा यथावत हुन सफल भएको छ। विश्व फुटबलको सर्वोच्व निकाय फिफाले ....

काठमाडौं, चैत २१: फिफा वरियतामा नेपाल १६१ औं स्थानमा यथावत हुन सफल भएको छ। विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ६१ औं स्थानमै कायम रहेको हो।
नेपाल अघिल्लो महिना पनि फिफा वरियतामा १ सय ६१ औं स्थानमै रहेको थियो। दक्षिण एसियाली राष्ट्रमध्ये भारत शीर्ष स्थानमा छ। भारत १०१ औं स्थानमा रहँदा माल्दिभ्स १५१ औं स्थानमा रहेको छ। भुटान १८६ औं, बंगलादेश १८८ औं, पाकिस्तान २ सय र श्रीलंका २०२ औं स्थानमा रहेका छन्।
फिफा वरियतामा शीर्ष स्थानमा भने बेल्जियम रहेको छ। बेल्जियमपछि विश्वकप विजेता फ्रान्स छ भने ब्राजिल तेस्रो स्थानमा छ। इङ्ल्याण्ड चौथो स्थानमा रहँदा विश्वकप फुटबलको उपविजेता टोली क्रोएसिया पाँचौ स्थानमा छ।











