Kathmandu Press

ला लिगामा रियल मड्रिडको ९ औं हार 

काठमाडौं, चैत २१ः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ।

गएराति भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रिय....

ला लिगामा रियल मड्रिडको ९ औं हार 

काठमाडौं, चैत २१ः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ।

गएराति भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएको हो। जिनेदिन जिदान दोस्रो पटक प्रशिक्षक बनेर फर्किएपछि रियल मड्रिडको यो पहिलो हार हो। 

खेलको ३५ औं मिनेटमा गोन्कालो गुइडेसले गोल गर्दैै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको रियल मड्रिडले खेलको ८३ औं मिनेटमा अर्को गोल खाएको थियो। भ्यालेन्सियाका इजेक्युएल ग्यारेले गोल गरेपछि रियल २–० ले पछि परेको थियो। अतिरित्त समयको तेस्रो मिनेटमा रियलका लागि करिम बेन्जिमाले सन्तोना गोल गरेका थिए।

यो सिजन रियल मड्रिडको जारी लिगमा यो ९ औं हार हो। लगातार खराब प्रदर्शन गरेपछि जिदान क्लबको प्रशिक्षक भएर फर्कनुअघि रियल मड्रिडको प्रशासनले दुई जना प्रशिक्षकलाई बर्खास्त गरेको थियो।  हारसँगै रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी कम गर्ने मौका गुमायो। ३० खेल खेलेको रियल ५७ अंकका साथ लिगको तेस्रो स्थानमा छ भने पहिलो स्थानमा रहेको बार्सिलोनाको ७० अंक छ। 

भ्यालेन्सिया भने समान खेलबाट ४६ अंक जोड्दै लिगको पाँचौ स्थानमा यथावत छ।  
 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, चैत २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्