Kathmandu Press

लयमा फर्किदै चेल्सी 

काठमाडौं, चैत २१: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हात पारेको छ। गएराति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित ....

लयमा फर्किदै चेल्सी 

काठमाडौं, चैत २१: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हात पारेको छ। गएराति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो।  खेलको ३८ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।  खेलको ६० औं मिनेटमा इडन हाजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए। त्यसको तीन मिनेटपछि नै चेल्सीले अर्को गोल थप्यो।   चेल्सीका लागि रुबेन लोफ्टसले गोल गरेपछि चेल्सीले ३–० को अग्रता लिएको थियो। बाँकी समयमा दुबै टोलीका तर्फबाट गोल नभएपछि खेल चेल्सीले ३–० ले जित्यो। 

जितपछि चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। ३२ खेलबाट ६३ अंक जोडेको चेल्सी गोलअन्तरका आधारमा आर्सनलभन्दा पछि छ। 

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, चैत २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्