Kathmandu Press

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो 

काठमाडौं, चैत २१:  म्यानचेष्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलमा कार्डिफ ....

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो 
फाइल फोटो

काठमाडौं, चैत २१:  म्यानचेष्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलमा कार्डिफ सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको हो।

खेलको छैठौं मिनेटमा केभिन डि बु्रनेले गोल गर्दै घरेलु टोली सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा लोरे सानेले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा सिटीले केही राम्रा मौका पाएपनि गोल गर्न सकेन। जितसँगै ३२ खेलबाट ८० अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ७९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनहामको ६४ अंक छ। 

सिटीसँग पराजित भएको कार्डिफ भने पुछारबाट तेस्रो स्थानमा छ। 
 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, चैत २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्