Kathmandu Press

राष्ट्रपतिले आठौं खेलकूदको उद्घाटन गर्ने

काठमाडौं, चैत २१ : आठौं बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदेश ५ म....

राष्ट्रपतिले आठौं खेलकूदको उद्घाटन गर्ने

काठमाडौं, चैत २१ : आठौं बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदेश ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता हुँदैछ । यसको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ।

उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा एक हजार तीन सय सात पदकका लागि पाँच हजार दुई सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा तीन सय ७२ स्वर्ण, तीन सय ७२ रजत र पाँच सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। (रासस)

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्