Kathmandu Press

रोहितकुमार पौडेलको नेतृत्वमा यू–१९ टोली घोषणा

काठमाडौं, चैत २० : आईसीसी यू–१९ विश्वपकको एशिया छनोट प्रतियोगिताका लागि रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।

चैत २....

रोहितकुमार पौडेलको नेतृत्वमा यू–१९ टोली घोषणा
फाइल फोटो

काठमाडौं, चैत २० : आईसीसी यू–१९ विश्वपकको एशिया छनोट प्रतियोगिताका लागि रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।

चैत २७ गतेदेखि मलेसियामा एशिया छनोट प्रतियोगिता हुँदैछ । त्यसका लागि रोहितको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

नेपाली टोलीमा कप्तान भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी र सूर्य तामाङ रहेका छन्।

वैकल्पिक खेलाडीमा लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह छन् । व्यवस्थापकमा रमन सिवाकोटी, मुख्य प्रशिक्षकमा विनोदकुमार दास र फिजियोमा विक्रम न्यौपाने रहेका छन्।

प्रतियोगितामा पहिलो खेल चैत ३० मा युएइसँग खेल्नेछ । त्यसपछि वैशाख २ गते मलेसिया, वैशाख ३ गते ओमन र वैशाख ५ गते कुवेतसँग खेल्नेछ । प्रतियागितामा शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ।

यसका लागि नेपाल टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, चैत २०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्