Kathmandu Press

कलिङ भिसा लागेका कामदारलाई मलेसिया खुल्ला

काठमाण्डौं, चैत १९ : कलिङ भिसा लागेका नेपाली कामदारले मलेसिया जान पाउने छन् । उनीहरूका लागि १० महिनापछि मलेसिया जाने बाटो खुलेको हो।

कलिङ भि....

कलिङ भिसा लागेका कामदारलाई मलेसिया खुल्ला
एजेन्सी

काठमाण्डौं, चैत १९ : कलिङ भिसा लागेका नेपाली कामदारले मलेसिया जान पाउने छन् । उनीहरूका लागि १० महिनापछि मलेसिया जाने बाटो खुलेको हो।

कलिङ भिसा लागेका श्रमिकहरूको संख्या एकीन गरि विवरण पठाउन यसअघि नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको थियो।

संघले कलिङ भिसा आएर पनि मलेसिया जान नपाएका कामदारको विवरण मन्त्रालयमा बुझाएको थियो । सोही विवरणको आधारमा मन्त्रालयले कलिङ भिसा आएर पनि १० महिनादेखि मलेसिया जान नपाएका कामदारका लागि अन्तिम श्रम स्विकृति दिने गरी तयारी थालेको छ।

गत जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरिएको थियो । त्यसयता कसैले पनि मलेसिाय जान पाएका थिएनन्।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले कलिङ भिसा लागेका सात हजार तीन सयभन्दा बढी श्रमिक १० महिनादेखि मलेसिया जान नपाएको बताए । ‘कलिङ भिसा लागेकाहरूका लागि रिन्यू गर्ने काम भइरहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘नयाँका कामदार जानका लागि पनि अबको एक–दुई महिनामा खुल्ला गर्ने तयारी भइरहेको छ।’

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वास्थ्य परीक्षण गर्न तोकेको थियो । अब भने मापदण्ड पूरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी गर्न पाउँने छन्।

यसबाट स्वास्थ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको रहेको छ।

 

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, चैत २०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्