Kathmandu Press

मौसमविदनै अन्योलमा, आज स्थलगत अध्ययनमा जाँदै

काठमाडौं, चैत २० : बारा र पर्सामा आएको विनासकारी हावाहुरीबारे मौसमविद्नै अन्योलमा छन् । उनीहरू यसको स्थलगत अध्ययनका लागि आज त्यसपर्छ जान लागेका छन्।

मौसमविदनै अन्योलमा, आज स्थलगत अध्ययनमा जाँदै
काठमाडौं प्रेस

काठमाडौं, चैत २० : बारा र पर्सामा आएको विनासकारी हावाहुरीबारे मौसमविद्नै अन्योलमा छन् । उनीहरू यसको स्थलगत अध्ययनका लागि आज त्यसपर्छ जान लागेका छन्।

आइतबार राति बारा र पर्सामा हावाहुरी आएको थियो । जसका कारण दुई हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने एक हजार घर पूर्णरुपमा क्षति भएका छन् । त्यसमा परेर २८ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

Hardik ivf

यसबारे मौसम पूर्वानुमान महाशाखाले पूर्वजानकारी दिन सकेन् । हावाहुरीबारे अनुमान गर्ने उपकरण नभएकाले जानकारी दिन नसकिएको महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार जारी गरेको सूचनामा मध्यभागतिर चट्याङसहित ठूलो वर्षा हुने अनुमान गरेको थियो । तर, हावाहुरीका बारेमा केही खुलाइएको थिएन्।

मौसमविद् मञ्जु बासीका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी र इसेम्बल वेदर फोरकास्टिङ उपकरण नभएकाले जानकारी दिन नसकिएको हो।

यो कस्तो प्रकृतिको प्राकृतिक विपद् हो भन्नेमा समेत अन्योल छ । यो हावाहुरीका विषयमा अध्ययन गर्नु पर्ने महाशाखाले निष्कर्ष निकालेको छ । ‘अहिलेसम्म यस्तो ठूलो हावाहुरी चलेको थियो कि थिएन् भन्ने पनि तथ्यांक छैन, यसका बारेमा पनि अध्ययन आवश्यक छ,’ मौसमविद् बासीले भनिन्।

हावाहुरीको पूर्वानुमानका लागि वेदर सर्भिलेन्स राडर ल्याउने तयारी गरिएको थियो । यसका लागि महाशाखाले पटकपटक  अनुरोध पनि गरेको थियो । तर, सरकारले यसका बारेमा चासो देखाएको थिएन्।

यसको अध्ययनका लागि मौसम विज्ञान विभागको टोली आज बारा र पर्सातिर जाँदै छ । वरिष्ठ मौसमविद सुजन सुवेदी, अर्चना श्रेष्ठ र सहायक मौसमविद गोविन्द झा स्थलगत अध्ययनमा जान लागेका हुन्।

यो टोली दिएको रिपोर्टका आधारमा के गर्ने भन्ने तय गरिने छ । त्यसका आधारमा सरकारले क गर्ने भन्ने एकीन हुने जनाएको छ।

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, चैत २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्