Kathmandu Press

असल श्रीमानको खोजीमा सोनाक्षी

काठमाडौं, चैत १९ः बलिउडमा पछिल्लो समय सेलिब्रेटीहरुको विवाहको कुराले धेरै चर्चा पाइरहेको छ। चर्चा स्वभाविक पनि छ किनभने बलिउडका नाम चलेका थुप्रै सेलिब....

असल श्रीमानको खोजीमा सोनाक्षी

काठमाडौं, चैत १९ः बलिउडमा पछिल्लो समय सेलिब्रेटीहरुको विवाहको कुराले धेरै चर्चा पाइरहेको छ। चर्चा स्वभाविक पनि छ किनभने बलिउडका नाम चलेका थुप्रै सेलिब्रेटीहरु विवाह बन्धनमा बाधिँएका छन्। यही भिडमा सोनाक्षी  सिन्हाले पनि आफ्नो विवाहबारे केही अभिव्यक्ति सार्वजनिक गरेकी छिन्।

सोनाक्षीले एक रियालिटी शो (सुपर डान्स च्याप्टर–३) मा आलिया भट्ट र वरुण धवनभन्दा अघि विवाह गर्न चाहेको खुलासा गरिन्। आफ्नो आगामी फिल्म ‘कलंक’को प्रचारका लागि सोही फिल्मका कलाकरहरु आलिया र वरुणसँग  सोनाक्षी उक्त शोमा पुगेकी थिइन्। कार्यक्रममा तीनै जनाको विवाहको कुरा हुँदा कसले सबैभन्दा पहिला विवाह गर्छ? भन्ने प्रश्न उठेको थियो। त्यसबारे जवाफ दिँदै सोनाक्षीले आफूले सबैभन्दा पहिला विवाह गर्ने बताएकी थिइन्।

आलिया र वरुणको सम्बन्धबारे मिडियामा चर्चा भइरहेकै कुरा हो। वरुण प्रेमिका नताशा र आलिया अभिनेता रणवीर कपुरसँग डेट गरिरहेका छन्। तर, कोहीसँग खास सम्बन्ध भएको खबर सार्वजनिक नहुने सोनाक्षीको अहिले एक अभिनेतासँग प्रेममा रहेको हल्ला चलेको छ। यसैक्रममा सोनाक्षीले छिट्टै विहे गरेर सेटल हुन चाहेको बताएकी छिन्। त्यसका लागि आफू अहिले राम्रो केटाको खोजीमा रहेको खुलासा पनि गरिन्।

‘रियालिटी शो’ मा सोनाक्षीले राम्रो केटाको खोजीमा रहेको बताएपनि पछिल्ला समय उनकोे नाम  फिल्म ‘नोटबुक’बाट बलिउडमा डेब्यू गरेका अभिनेता जाहिर इकबालसँग जोडिन थालेको छ। तर, सोनाक्षी र जाहिरले भने प्रेम सम्बन्धबारे केही प्रतिक्रिया दिएका छैनन्।
 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्