सम्राज्ञी १६ लाखमा ‘रातो टीका निधारमा’ खेल्दै
काठमाडौं, चैत १९ : स–सानो कुरालाई पनि सामाजिक संजालमार्फत बाहिर ल्याउने सम्राज्ञी राज्यलक्ष्मी शाहले यस पटक एउटा सम्झौतालाई भने गोप्य राखिन् । त....

काठमाडौं, चैत १९ : स–सानो कुरालाई पनि सामाजिक संजालमार्फत बाहिर ल्याउने सम्राज्ञी राज्यलक्ष्मी शाहले यस पटक एउटा सम्झौतालाई भने गोप्य राखिन् । त्यो हो, ‘रातो टीका निधारमा’का लागि भएको सम्झौता।
अशोक शर्माको निर्माण तथा निर्देशन रहने ‘रातो टीका निधारमा’ फिल्ममा सम्राज्ञी अनुबन्ध भएकी छन् । यसको सम्झौता पत्रमा हस्ताक्षर समेत गरिसकेकी छन्।
यो फिल्ममा उनले १६ लाख पारिश्रमिक पाउने छिन् । उनलाई १६ पारिश्रमिक दिन निर्मार्ता तथा निर्देशक शर्मा राजी भएका छन्।
यो फिल्ममा निर्देशक शर्माले आफ्नो छोरालाई पनि डेब्यू गराउँदै छन् । ‘रातो टीका निधारमा’ फिल्ममा सम्राज्ञीसँगै निर्देशक शर्माका छोरा अंकित देखिने छन्।
आगामी वैशाख अन्तिम साताबाट फ्लोरमा जाने यो फिल्म ०७६ को दशैंमा रिलिज हुने छ।
यो फिल्ममा नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकार देखिने छन् । उनीहरूसँग सम्राज्ञी भन्दा अघि नै सम्झौता भइसकेको छ।
यो सँगै सम्राज्ञीले अर्को फिल्म ‘शुभ विवाह’मा पनि साइन गरेकी छन् । यसलाई हेमराज बिसीले निर्माण गर्ने छन् । अहिले भने उनी नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’मा व्यस्त छन्।












