Kathmandu Press

सन्दीप लामिछाने सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौं, चैत १९ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने यो वर्ष सबैभन्दा बढी विकेट लिने स्पिनर बनेका छन्।

सन् २०१९ मा सन्दीपले सबैभन्दा बढी २७ ....

सन्दीप लामिछाने सर्वाधिक विकेट लिने स्पिनर
एजेन्सी

काठमाडौं, चैत १९ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने यो वर्ष सबैभन्दा बढी विकेट लिने स्पिनर बनेका छन्।

सन् २०१९ मा सन्दीपले सबैभन्दा बढी २७ विकेट लिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ । उनले जनवरीदेखि अप्रिल १ सम्म २७ विकेट लिएका हुन्।

उनले सोमबार राति भएको डिल्ली क्यापिटल र किंग्स–११ पञ्जाबबीचको खेलमा दुई विकेट लिदै पाकिस्तानका पूर्वक्याप्टेन शाहिद अफ्रिदीलाई पछि पारेका हुन् । अफ्रिदीले २६ विकेट लिएका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा अफ्गानिस्तानका रसिद खान रहेका छन भने चौथो नम्बरमा  बंगलादेशका सकिब अल हसन छन् । रसिदले २५ र सकिबले २४ विकेट लिएका छन्।

आईपीएलको दोस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले दिल्लीका लागि दुई विकेट लिए । जसमा उनले २७ रनमा मात्रै खर्चे।

यो वर्ष सन्दीपले बीपीएल, बिग बास लिग, पीएसएल र यूएईसँग टी–२० क्रिकेट सिरिज खेलेका थिए । उनले जनवरीयता बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा सिल्हेट सिक्सर्सका लागि ६ खेलमा चार विकेट लिएका थिए । त्यसपछि यूएईसँग भएको टी–२० सिरिजका तीन खेलमा पाँच विकेट लिएका थिए।

त्यस्तै, अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए भने पाकिस्तान सुपर लिग (पीएसएल)मा ११ विकेट लिएका थिए। 

अहिले भारतमा जारी आईपीएलको दुई खेलमा तनि विकेट लिएका हुन् । आईपीएलमा दिल्लीको अर्को खेल पर्सी सनराइज हैदराबादसँग छ।

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्