चलचित्र कलाकार संघको चुनाव अन्योलमा
काठमाडौं, चैत १८ः नेपाल चलचित्र कलाकार संघको निर्वाचन अन्योलमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाद समाधान नभएसम्म कुनै पनि का....

काठमाडौं, चैत १८ः नेपाल चलचित्र कलाकार संघको निर्वाचन अन्योलमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाद समाधान नभएसम्म कुनै पनि काम अघि नबढाउन निर्देशन चैत २३ का लागि तोकिएको निर्वाचन पछि धकेलिने पक्का भएको हो। कलाकार सुरज आरडीले संघले नियम मिचेर सदस्यता दिएको भन्दै चुनाव स्थगित गराउन जिल्ला प्रशाशन कार्यालयमा उजुरी दिएका थिए।
संघको विधानमा साधारण सभा हुने मितिको १० दिन अघि नै सदस्यता नविकरण हुनुपर्ने र साधारण सदस्यलाई थाहा हुनु पर्ने व्यवस्था छ। तर, विधानको पालना नगरी निर्वाचनको मिति तोकिएको भन्दै कलाकार आरडीले उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालयले गत चैत १५ गते आदेश पत्र जारी गर्दै सत्य तथ्य विवरणसहित चैत १७ गते संस्थाका अध्यक्ष र महासचिव दुबैलाई उपस्थिति हुन भनेको थियो।
तर, आइतवार भएको दुई पक्षबीचको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको निर्वाचन रोक्न भनेको थियो। अध्यक्षकी उम्मेदवारी घोषणा गरिसकेकी वर्तमान महासचिव लामिछानेले प्राविधिक कारणले संघको चुनाव केही समयका लागि स्थगित भएको बताइन्। उनले केही काम बाँकी रहेकाले त्योल सकेर छिट्टै निर्वाचनको नयाँ मिति सार्वजनिक गर्ने बताइन्।












