बार...."/>बार....">बार...." />
Kathmandu Press

वसन्तमै किन आउँछ हुरीबतास

काठमाडौं, १८ चैतः जाडो सकिएर वसन्त ऋतुको आगमनसँगै हुरीबतास आउने गरेको छ । मध्य तराईको बार....

वसन्तमै किन आउँछ हुरीबतास
एजेन्सी

काठमाडौं, १८ चैतः जाडो सकिएर वसन्त ऋतुको आगमनसँगै हुरीबतास आउने गरेको छ । मध्य तराईको बारा–पर्सा जिल्लामा पर्ने नेपालको दक्षिणी भूभागमा अत्यन्त ठूलो क्षति भयो, जुन बिरलै हुने गर्थ्यो। 

वीरगञ्जबाट दक्षिण–पूर्व र बारा सदरमुकाम कलैयाबाट दक्षिण–पश्चिममा पर्ने यो फेटा गाउँपालिका र आसपासका क्षेत्रमा हुरीले पक्की घरसमेत ढलेका छन् । पर्खाल, कच्ची र कमजोर घर त माटोमा मिलेका छन्।

हावाहुरीले अत्यधिक क्षति पुगेको बाराको फेटा बजार क्षेत्र ।

Hardik ivf

बिजुलीका खम्बा ढलेका छन् । त्यहाँ आइतबार रातिदेखि नै विद्युत आपूर्ति छैन । इन्टरनेट सेवा बन्द भएको छ । स्थानीय बासिन्दा मानवीय संकटमा परेका छन् । अन्त चार्ज गरेर लगेका मोबाइल फोनले भने काम गर्छ।

फिल्डमा गएका सञ्चारकर्मीहरूले तस्विर र समाचार पठाउन पनि फेटाबाट फर्केर कलैया, वीरगञ्ज वा सिमरा पुग्नुपर्ने अवस्था छ।

मौसमविद्हरू वसन्त ऋतुमा नै बढी हुरीबतास आउने बताउँछन् । ‘न्युनचापीय रेखा अनि स्थानीय प्रणाली र पश्चिमी वायु– यी तीनको सम्मिश्रण एकैपटक हुँदा ठूलो हावाहुरी चल्छ,’ मौसमविद् मञ्जु बासीले भनिन्, ‘मध्य तराईको बारा पर्सामा तिनै प्रणालीको सम्मिश्रण तीव्र गति भयो । अनि हुँदा ठुलो हावाहुरी चल्यो।’

हावाहुरीले अत्यधिक क्षति पुगेको बाराको फेटा बजार क्षेत्र ।

प्रि–मनसुनको समयमा भएकाले यस्तो बेलामा चल्ने हावाहुरीले सानो ठाउँलाई ओगट्ने उनले बताइन् । उनले भनिन्, ‘बारा र पर्सामा पनि यस्तै भयो । ठुलो धनजनको क्षति हुनपुग्यो।

मौसमविद् बासीका अनुसार गर्मी सिजन सुरु भएकाले बेलामा जमीन बेस्सरी तातो हुने गर्दछ । यस्तो बेलामा जमीनको तातो माथि जाने र माथिको र वरिपरिको चिसो हावा पनि त्यो खाली ठाउँमा मिसिन अत्यन्त तीव्र गतिमा आउने भएकाले ठुलो हुरीबतास चल्ने उनले बताइन्। 

यो समयमा एक ठाउँ र अर्को ठाउँको तापमानमा फरक हुन्छ । यस्तो हुँदा हुरी चल्छ । जमीनको तातो हावा र अर्को चिसो हावा चल्दा यसले सानो ठाउँलाई ओगट्छ।

हुरीको सिजन

मौसमविद्हरूका अनुसार, चैत, बैशाख, जेठमा भनेको हावाहुरी चल्ने समय हो । बिहान र साँझतिर यस्तै हावाहुरी चल्ने गर्दछ । यो समयमा कुनै पनि बेला हुरीबतास चल्न सक्ने भएकाले सबैलाई सचेत रहन मौसमविद्हरू  आग्रह गर्छन्।

हुरीबतास चलेको समय घरबाट बाहिर ननिस्कने, निस्कनै परे पनि हावाहुरी चलेको बेला खुल्ला ठाउँमा गएर बस्नुपर्छ । हुरी चलेको बेला पोलमुनि, रुखमुसन वा कुनै घरको छेउमा बस्न हुँदैन।

यस्तो बेला रूख, बिजुलीको पोल ढल्ने र घर, विद्यालय वा भवनको पनि छाना उड्न सक्ने भएकाले खुल्ला ठाउँमा गएर बस्दा ज्यान जोखिममा नपर्ने विज्ञहरूको सुझाव छ।

यो समयमा हुरीबताससँगै चट्याङ पनि पर्ने भएकाले यस्तो बेलामा मोबाइल चार्जमा नजोड्ने, मोबाइल अन्य इलेक्ट्रोनिक सामानहरू चलाउँदा पनि खतरा हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।

हावाहुरीले निम्त्याएको हाहाकार (फिल्डबाट फोटो कथा)

 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्