यो साता शेयर बजार के होला ?
गत साता बजार ११४४.५३ अंकमा बन्दभएको थियो । यो अन्तिम अंक नै साताको अधिकतम अंक हो र त्यस्तै गरि ११३१.०२ साताको न्यूनतम अंक हो । गत साता एक अर्ब ४३ करोड बराबर रकमको कारो....
गत साता बजार ११४४.५३ अंकमा बन्दभएको थियो । यो अन्तिम अंक नै साताको अधिकतम अंक हो र त्यस्तै गरि ११३१.०२ साताको न्यूनतम अंक हो । गत साता एक अर्ब ४३ करोड बराबर रकमको कारोबार भएको थियो।
प्राविधिक बिश्लेषण:
चित्र नं १ः साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगतको लामो समायवाधिमा शेयर बजारमा के भै रहेको छ भनेर हेर्नको लागि चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिको छ । यसमा नेप्सेको प्रवृत्तिले फलिङ वेजेजको आकृति बनाएको देखिन्छ । यो आकृतिले बजार बढ्न सक्ने सम्भावना गरे पनि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेमा मात्र बजार बढ्न सक्ने संकेत गर्दछ । हालबजार माथिल्लो प्रवृत्ति रेखा अर्थात मुख्यप्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दैनिक मैनबत्ती चार्टको हो । यसको प्रवृत्तिले बजारको अधिकतम र न्यूनतम मूल्यहरू घट्दो प्रवृत्तिमा रहेकोले बजार हालसम्म घट्दो प्रवृत्तिमा नै रहेको संकेत गरेको छ । गत साता नेप्सेले ११३१.०२ मा टेवा प्राप्त गरेपछि बजार लगातार बढी रहेको देखिन्छ । माथि उल्लेख गरे अनुसार बजार हाल बलियो प्रतिरोध क्षेत्रतिर नजिकिंदै गएको देखिन्छ । त्यसैले यो क्षेत्रमा कारोबारीहरूले शेयर बिक्री गर्नु सक्ने प्रबल संकेत गर्दछ।
केहि समयदेखि बिक्रेताहरूको चाप रहेको बजारमा ६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ एभरेजले यो साता बिक्रेताहरुको चाप कम रहेको संकेत गरेको छ । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५३.७७ अंकमा रहेको छ । यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ । स्टोकास्टिक अक्सिलेटरले प्रारम्भिक रुपमा खरिदकर्ताहरूको चाप रहेको संकेत गरे पनि निश्चित रुपमा बजार बढी हाल्ने संकेत गरेकोे छैन । भल्यूम अक्सिलेटरले कारोबारको परिमाण सामान्य रहेको संकेत गरेको छ।
निश्कर्ष: नेप्से प्रवृत्तिहरू र सूचकहरूको आधारमा बजार अझै पनि घट्दो प्रवृत्तिमा रहेको र हाल प्रतिरोध क्षेत्रमा रहेकाले नयाँ लगानीकर्ताहरूको प्रवेश नभएमा कारोबारीहरूले नाफा संचित गर्न अथवा घट्दो बजारमा घाटा खाई रहेकाहरूले घाटा कम गर्नलाई शेयर बिक्री गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न।
त्यसैले बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई सूचकहरूको बजार बढ्न सक्ने बलियो संकेत कुर्नु पर्ने आवश्यक देखिन्छ । यदि बजार चार्टमा देखिएबमोजिम माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ भने यदि बजार तल्लो प्रवृत्ति रेखाभन्दा तल रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ।
प्रतिदाबीः यो बिश्लेषण आफैमा पूर्ण होइन । त्यसैले कारोबार गर्न अघि आफै बिश्लेषण गरि निर्णय लिन आवश्यक हुन्छ।