Kathmandu Press

लगानीकर्ताले पत्याएनन् सरकारलाई, लक्ष्य अनुसारको प्रतिवद्धता आएनन्

काठमाडौं, चैत १६ : तीस खर्ब लगानी प्रतिवद्वता ल्याउने महत्वकांक्षी लक्ष्य सहित आयोजना भएको लगानी सम्मेलनमा ठुला आयोजनामा छलफल समेत नभई टुंगिएको छ ।&nb....

लगानीकर्ताले पत्याएनन् सरकारलाई, लक्ष्य अनुसारको प्रतिवद्धता आएनन्
रासस

काठमाडौं, चैत १६ : तीस खर्ब लगानी प्रतिवद्वता ल्याउने महत्वकांक्षी लक्ष्य सहित आयोजना भएको लगानी सम्मेलनमा ठुला आयोजनामा छलफल समेत नभई टुंगिएको छ । 

लगानी सम्मेलनमा सरकारले प्राथमिकतमा राखेको रेल, उर्जा तथा अन्य ठूला लगानीका परियोजनमा छलफल समेत हुन सकेन । सम्मेलन समापन कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तुत गरेको सम्झौता र आवेदनमा ति क्षेत्रका कुनै पनि ठूला परियोजना परेका छैनन् । 

यसअघि सरकारले भन्दै आएको लक्ष्य अनुसार लगानी प्रतिवद्वता पनि आएन । सरकारले ३० खर्व प्रतिवद्वता ल्याउने भन्दै सम्मेलन अघि जानकारी गराएको थियो । उक्त सम्मेलनमा सहभागि एक उद्योगीले प्रतिवद्धतानै लक्ष्य अनुसार नआएपछि लगानी आउनेत झनै निकै कम हुने बताए । ‘सरकारले अनुमान गरेको भन्दा निकै कम लगानी प्रतिवद्धता आएको देखियो’ ति उद्योगीले काठमाडौंप्रेससँग भने, ‘लगानी प्रतिवद्धता आएका पनि लगानीनै आउने सम्भावना ५० प्रतिशतभन्दा कम हुन्छ ।’

Hardik ivf

आशा गरे अनुसार लगानी प्रतिवद्धता नआएपछि सरकार सम्मेलनमा कुन देशबाट कति लगानी प्रतिवद्धता आयो भनेर सार्वजनिक गरेको छैन । 

सम्मेलनमा विदेशी र नेपाली सहित १३ सय सहभागी थिए । सम्मेलनमा ७ सय ३५ विभिन्न देशका विदेशी लगानीकर्ता सहभागिता थिए भने ६ सय ५५  नेपालीहरु सहभागि थिए । 

४० देशका लगानीकर्ता सहभागी रहेको कार्यक्रममा ३६ वटा बैठक भएका थिए भने ३० वटा बिटुबी र ३९ वटा जिटुजी थिए । 

१५ विभिन्न क्षेत्रमा सम्झौता तथा समझदारी

लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने भएको छ । 

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लगानी गर्ने प्रतिवद्धतामा पनि हस्ताक्षर भएको छ । भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सजतल कम्पनीले ऋण दिने गरी सम्झौता गरेका हुन् ।

यस्तै गैरआवासीय नेपाल संघले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने भएको छ । यो वर्ष नै गैरआवासीय नेपालीहरुबाट १० अर्ब लगानी जुटाउने एनआरएनएको दाबी छ ।

यसैगरी सिमरा सेज पीपीपी मोडलमा बनाउन लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमसँग समझदारी भएको छ भने बनेपामा हिमालय बुटिक, ग्रिन वेयर हाउस लगायतको समझदारी पनि भएको छ ।

१: चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टर
२: चौधरी समूह र स्काई पावर ६०० मेगावाट सोलार
३: सिजी र ट्रकसेलबीच ५ जी
४: सोलार निर्माण सिजी र प्रदेश नम्बर २
५: अरूण तेस्रोमा नेपाली बैंक र भारतीय सेजेभिएनको लगानी सम्झौता
६: माथिल्लो त्रिशूली जलविद्युत आयोजना कोरियाली कम्पनी
७: कालिगण्डकी गर्ज आयोजना
८: बारा सेज
९ हिमालय बुटिक रिसोर्ट बनेपा
१०: गैरआवासीय नेपालीकाे पूर्वाधार कोष
११: वायर हाउस निर्माण निम्बस
१२: म्यानमारका कन्ट्राक्टर र नेपालको निर्माण व्यवसायी महासंघ
१३: आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य
१४: मुथुट फाइनान्स र युनाइटेड फाइनान्स
१५: एपी पावरका जलविद्युत, सौर्य र वायु ऊर्जा

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, चैत १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्