Kathmandu Press

हिगुइनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास 

काठमाडौं, चैत १५ : अर्जेन्टिनाका स्टार स्ट्राइकर गोञ्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

युभेन्ट्सबाट लोनमा इंग्लि....

हिगुइनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास 

काठमाडौं, चैत १५ : अर्जेन्टिनाका स्टार स्ट्राइकर गोञ्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

युभेन्ट्सबाट लोनमा इंग्लिस क्लब चेल्सी आएका ३१ वर्षीय हिगुइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्। सन्यासको घोषणा गर्दै उनले आफूले देशका लागि दिन सक्ने जति योगदान दिइसकेको र अब आफू क्लब फुटबलमै केन्द्रीत हुने बताएका छन्।

हिगुइनले अर्जेन्टिनाको जर्सीमा ७५ खेलमा ३१ गोल गरेका थिए। यसअघि सन् २०१८ मा भएको रुस विश्वकप फुटबलमा हिगुइन राष्ट्रिय टोलीमा परेका थिएनन्।
 
प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, चैत १५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्