Kathmandu Press

प्रेस संगठनले जित्यो मिडिया कप फुटसलको उपाधि

काठमाडौं, चैत १५ : मिडिया कप फुटसलको उपाधि प्रेस संगठन नेपालले जितेको छ।  शान्तिनगर फुटसल मैदानमा शुक्रबार भएको फाइनलमा नेपाल प्रेस युन....

प्रेस संगठनले जित्यो मिडिया कप फुटसलको उपाधि

काठमाडौं, चैत १५ : मिडिया कप फुटसलको उपाधि प्रेस संगठन नेपालले जितेको छ।  शान्तिनगर फुटसल मैदानमा शुक्रबार भएको फाइनलमा नेपाल प्रेस युनियनलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्रेस संगठनले उपाधि उचालेको हो। विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले सात हजार नगद, मेडल र प्रमाण–पत्रमा चित्त बुझाउनु पर्‍यो। तेस्रो स्थान हासिल गरेको इमेज च्यानलले पाँच हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

नगद र प्रमाणपत्र नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा चैत १६ गते हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले जानकारी दिए। प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस संगठन नेपालका खेलाडि दिपेन्द्र गुरुङ्ग बेस्ट स्कोरर बने भने  प्रतियोगिताकै उत्कृष्ट खेलाडी नेपाल प्रेस युनियनका निशान राई घोषित भए। 

चैत १४ र १५ गते भएको प्रतियोगितामा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न ११ टोलीले भाग लिएका थिए। प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग,  प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी),  इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र नेपाल पत्रकार मञ्चले भाग लिएका थिए।

प्रकाशित मिति: ०१:२१ बजे, शनिबार, चैत १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्