नेप्सेको उकालो यात्रा जारी
काठमाडौं, भदौ ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अंकले बढेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी....

काठमाडौं, भदौ ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अंकले बढेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन। पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ३४ बिन्दुले बढेर एक हजार ४४० दशमलव ९४ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ८३ ले वृद्धि भई २९८ दशमलव ९७ मा पुगेको छ। कूल १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँमा खरिद बिक्री भएका छन्। लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै १९ खर्ब रुपैयाँ बराबरको भएको छ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ। व्यापार ३ दशमलव ०६, उत्पादन ७ दशमलव २५ र सामूहिक लगानी कोष ० दशमलव ०१ ले घटेको छ। यस्तै बैंकिङ १ दशमलव ९२, होटल १० दशमलव २, विकास बैंक २ दशमलव ७७, जलविद्युत् ९ दशमलव ०५, वित्त १ दशमलव २, निर्जीवन बीमा ३२ दशमलव २६, अन्य १८ दशमलव ५७, लघुवित्त २० दशमलव ०८ र जीवन बीमा १५१ दशमलव ७३ ले बढेको छ। कारोबारका आधारमा आज शीर्ष स्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। सो कम्पनीको २८ करोड ७४ लाख पाँच हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, नेको इन्स्योरेन्स १४ करोड २६ लाख ५५ हजार २०६ रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स आठ करोड ४३ लाख ५६ हजार १०५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स आठ करोड नौ लाख ९७ हजार ३७० रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स कम्पनी पाँच करोड ९१ लाख २२ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।
स्टकका अनुसार नेपाल पुनरबीमा कम्प्नी ७ दशमलव ६९, आशा लघुवित्त वित्तीय संस्था ६ दशमलव १९ , सूर्या लाइफ इन्स्योरेन्स ५ दशमलव ९१, पञ्चकन्या माइ हाइड्रोपावर ५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४ दशमलव ७४ प्रतिशतले कमाए। त्यस्तै, समृद्धि फाइनान्स यूनियन हाइड्रोपावर ६ दशमलव ५४, नेशनल हाइड्रोपावर ४ दशमलव ९२, पोखरा फाइनान्स २ दशमलव ६१ र रिडी हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ३३ प्रतिशतले कमाए।










-1754206481.jpg)
