Kathmandu Press

क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ९ : नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गरि भदौ दोस....

क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ९ : नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गरि भदौ दोस्रो साताका लागि तय गरिएको साधारणसभा कोरोना महामारीका कारण स्थगित गरिएको जनाएको छ।

क्यान सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ।

क्यानको गत साउन पहिलो साता बसेको कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो साता साधारणसभा गर्ने निर्णय गरेको थियो। तर, कोरोनाका कारण आईसीसीसँगको मसन्वयमा सजह वातावरण बनेपछि गर्नेगरि स्थगित गरिएको जनाएको छ।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्