Kathmandu Press

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा

काठमाडौं, भदौ ९ : लेखक सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’लाई पब्लिकेसन्स् नेपालयले ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ....

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा

काठमाडौं, भदौ ९ : लेखक सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’लाई पब्लिकेसन्स् नेपालयले ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ।

निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ। यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु यसमा चर्चा गरिउको छ।

Hardik ivf

एकल अध्याय सार्वजनिक गरेपछि पाठकले दिएको उत्साहजनक प्रतिक्रियाले गर्दा ई-बुक सार्वजनिक गरिएको नेपालयका किरण कृष्ण श्रेष्ठ बताए। नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ।

यो पुस्तकले समृद्धि र सपना प्राप्नका लागि केही उपायहरु समेटिएको लेखक शाक्यले बताए। ‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं। समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनहरूलाई अँगाल्दै अघि बढ्नु हो,’ लेखक शाक्यले भने.

उनले पुस्तकबारे प्रकाश पार्दै भने, ‘नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकलन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको हो। तर त्यसलाई प्राप्त गर्नका निम्ति अनेकौं चुनौति र अवरोध विद्यमान छन्। पुस्तकमा तिनै चुनौति र अवरोधको उपचार खोज्ने प्रयास गरेको छु।’

‘अर्थात् परिवर्तन’को ई-बुक दुई सय ५० रुपैयाँमा उपलब्ध छ।

 

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्