Kathmandu Press

दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’ अर्को वर्ष आउने

काठमाडौं, भदौ ८ : निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’ अर्को वर्ष प्रदर्शनमा आउने भएको छ।

उनले फिल्म प्रदर्शनको मित....

दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’ अर्को वर्ष आउने

काठमाडौं, भदौ ८ : निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’ अर्को वर्ष प्रदर्शनमा आउने भएको छ।

उनले फिल्म प्रदर्शनको मिति घोषणा गरेका हुन्। अहिले निर्माण भइरहेको जानकारी गराउँदै आगामी वर्ष २०७८ भदौ ११ गते फिल्म प्रर्दशन हुने बताए।

अहिलेको विषम परिस्थितिको अन्त्यसँगै नेपाली फिल्म क्षेत्रलाई पुनः चलाएन गराउन ‘चिसो मान्छे’को काम अगाडि बढिरहेको उनले बताएका छन्। केही समय अगाडि उनले ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्माण घोषणा गरेका थिए।

फेसबुकमार्फत नै फिल्म रिलिजको मिति घोषणा गरेका उनले यो फिल्म नयाँ स्वाद पाइने बताएका छन्। उनकै लेखन तथा शर्मिला पाण्डेले निर्माण गर्न लागेको यो फिल्म डिएस डिजिटल प्रालिको ब्यानरमा तयार हुनेछ।

उनका यस अघिका फिल्म दर्शकले मन पराएका छन्। उनले निर्देशन गरेको पशुपति प्रसाद र आमा फिल्मले धेरैले रुचाएका थिए।

 

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्