Kathmandu Press

सञ्जय कपूरकी छोरी शनाया बलिउडमा डेब्यू गर्दै

काठमाडौं, भदौ ८ : बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनायाले पनि बलिउडमा डेब्यू गर्न लागेकी छन्।

शनाया बलिउडमा डेब्यू गर्न लागेको लामो समयदेखि ....

सञ्जय कपूरकी छोरी शनाया बलिउडमा डेब्यू गर्दै

काठमाडौं, भदौ ८ : बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनायाले पनि बलिउडमा डेब्यू गर्न लागेकी छन्।

शनाया बलिउडमा डेब्यू गर्न लागेको लामो समयदेखि चर्चा चलेको थियो। कयौं पटक सामाजिक सञ्जालमा पनि यो खबर भाइरल बनेको थियो।

अहिलेसम्म अडकलबाजी चलिरहेको भएपनि अब भने उनले बलिउडमा डेब्यू गर्न लागेको पुष्टि भएको छ। उनका बुवा सञ्जयले नै शनायाले डेब्यू गर्न लागेको पुष्टि गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण शनायाको डेब्यूमा ढिलाइ भएको सञ्जयले बताएका छन्। अब छिट्टै उनी बलिउड फिल्ममा देखिन सञ्जयले बताएका छन्।

शनायाले पर्दामा नदेखिएपनि बलिउडमा काम गर्न भने थालिसकेकी छन्। उनले अहिले चर्चामा रहेको फिल्म गुञ्जन सक्सेना : द कार्गिल गर्लमा असिस्टेन्ट डाइरेक्टरका रुपमा काम गरेकी थिइन्।

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्