Kathmandu Press

छैटौं पटक बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, भदौ ८ : जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्....

छैटौं पटक बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, भदौ ८ : जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।  

बायर्नलाई उपाधि दिलाउन खेलको ५९ औं मिनेटमा किङ्गस्ले कोमानले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए। योसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ।  

पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले भने अपेक्षा अनुसार खेल्न नसक्दा उपविजेता मै सीमित हुन पुग्यो ।

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्