Kathmandu Press

जन्मदिनमा दीपाश्रीको भावुक भिडियो, औल्याइन आफ्ना तीन गल्ती

काठमाडौं, भदौ ७ : कलाकार दिपाश्री निरौलाले आइतबार आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीका ला....

जन्मदिनमा दीपाश्रीको भावुक भिडियो, औल्याइन आफ्ना तीन गल्ती

काठमाडौं, भदौ ७ : कलाकार दिपाश्री निरौलाले आइतबार आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीका लागि माफी मागेकी छन्।

केही समय अघि उनले एक अन्तर्वार्तामा राजेश हमाल महानायक हो र भन्दै प्रश्न गरेकी थिइन्। उनको टिप्पणीले राजेश हमालका फ्यानहरुबाट उनी निकै आलोचित बनेकी थिइन्।

त्यसपछि उनले फेसबुकमा स्टाटस लेखेर पनि माफी मागेकी थिइन्। हमालले पनि आफ्ना फ्यानलाई दिपाश्रीलाई माफी दिन अनुरोध गरेका थिए।

Hardik ivf

आइतबार फेसबुकमा पोस्ट गरेको भिडियोमा उनले आफूले कलारितामा सफलता पाएपनि व्यक्तित्व विकासमा अझै कमजोरी रहेको उक्त घटनाले महसुस गराएको जनाएकी छन्। उनले भनेकिी छन्, ‘मिडियामा कसरी फेस हुने, शिष्ट, सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने  भन्नेमा मेरो कमजोरी रहेछ। मैले अहिले महसुस गरे।’

उनले अन्तर्वार्तामा जाँदा तीन वटा गल्ती गरेको समेत उल्लेख गरेकी छिन्। ‘पहिलो सहकर्मी दीपकराज गिरीले तयारीबिना नजानु भन्दा वेवास्ता गरे। दोस्रो, गल्ती मलाई आरोप लाग्ने घोचिला पेचिला प्रश्नहरुले गर्दा आफूलाई, आफ्नो आवेशलाई नियन्त्रण गर्न सकिनँ। बडि ल्याङग्वेजमा समस्या आयो,’ दीपाले भनेकी छन्, ‘तेस्रो गल्ती र प्रमुख गल्ती भनेको मिडियामा कुटनीतिक चलाखी देखाउन सकिनँ। म एउटा कलाकार भएर अर्को एउटा सिनियर कलाकारबारे टिप्पणी गर्न पुगे। त्यो मेरो ठूलो भुल महसुस भयो।’

हमालबारे दिएको अभिव्यक्तिमा ट्रोल बनाएको विषयले दुःख लागेको जनाउँदै उनले थपेकी छिन्, ‘आफ्नो कारणले टिमलाई समेत आक्रमण भयो। टिम संकट प¥यो। मलाई एकदमै आत्मग्लानी भयो, तर मेरा दर्शक, साथीभाइ, परिवारको मायाले आज म फेरि उठेँ।’

अबका दिनमा यस्तो गल्ती नदोहोर्‍याउने उनले बाचा गरेकी छन्।

 

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, भदौ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्