चार सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, भदौ ७ : सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला चार सय रुपैयाँले घटेको छ।
आइतबार छापावाला सुन प्रतितोला ९८ हजार चार ....

काठमाडौं, भदौ ७ : सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला चार सय रुपैयाँले घटेको छ।
आइतबार छापावाला सुन प्रतितोला ९८ हजार चार सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ९८ हजार आठ सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार ९८ हजार तीन सय रुपैयाँमा रहेको थियो।
चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ कामय भएको छ। शुक्रबार प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:०८ बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
