च्याम्पियन्स लिगको उपाधिका लागि बार्यन म्युनिख र पीएसजी भिड्दै
काठमाडौं, भदौ ७ : च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज बार्यन म्युनिख र पीएसजी भिड्दै छन् ।
पोर्चुगलको लिस्बनमा नेपाली समय अनुसार सवा १ ....

काठमाडौं, भदौ ७ : च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज बार्यन म्युनिख र पीएसजी भिड्दै छन् ।
पोर्चुगलको लिस्बनमा नेपाली समय अनुसार सवा १ बजे सुरु हुने खेलमा जर्मन क्लब बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी खेल्ने छन् ।
यसअघि पाँच पटक उपाधि जितेको बार्यन म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
बार्यनले लियोनलाई हराउँदै सेमिफाइलनमा पुगेको हो भने पीएसजीले लाइप्जिगलाई पाखा लगाउँदै जित नजिक पुगेको हो ।
लिगका उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि हात पारेर इतिहास रच्न चाहान्छ ।











