Kathmandu Press

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा

काठमाडाैं, भदौ ६ : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले कोरोना जोखिम बढ्दै गएपछि....

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा
फाइल

काठमाडाैं, भदौ ६ : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले कोरोना जोखिम बढ्दै गएपछि पहिलो चरणमा पुरुष राष्ट्रिय क्रिकेट टिमका सदस्यको कोराना बीमा गरेको छ। क्यानले शनिबार एक विज्ञप्ति जारी गरी पहिलो चरणमा राष्ट्रिय टिमका २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरिएको जनाएको हो। 

क्यानले मैदानका कर्मचारी र अफिसका केही कर्मचारीको पनि कोरोना बीमा गरेको छ। पहिलो चरणमा त्रिवि मैदानका १६ र मुलपानी मैदानका ६ तथा क्यान आफिसका ६ कर्मचारीको कोरोना बीमा गरिएको छ । 

क्यानले दोस्रो चरणमा महिला क्रिकेटरको पनि कोरोना बीमा गरिने जनाएको छ। महिला क्रिकेटरको कोरोना बीमा गर्न लागि क्यानले आवश्यक कागजात संकलन प्रक्रिया थालेको छ।

सबैको एकै पटक बीमा गर्ने तयारी भएपनि महिला खेलाडीको डकुमेन्ट उपलब्ध नभएकाले उनीहरुको दोस्रो चरणमा बीमा गरिने क्यानले जनाएको छ।

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्