Kathmandu Press

स्पेनिस क्लब सेभियाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, भदौ ६ : युरोपा लिग फुट बलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ ।  गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३&n....

स्पेनिस क्लब सेभियाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, भदौ ६ : युरोपा लिग फुट बलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ ।  गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो । खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए ।

यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि जितेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो ।

सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति: ०८:०२ बजे, शनिबार, भदौ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्