Kathmandu Press

गायक शिव परियारकाे ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

काठमाडौं, भदौ ४ : कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्द संयोजन रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। वरिष्ठ संगीतका....

गायक शिव परियारकाे ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

काठमाडौं, भदौ ४ : कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्द संयोजन रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको म्युजिक भिडियो आज (बिहीबार) सार्वजनिक भएको हो।

रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन्। 

संगीतकार सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको बताए।

गीत स्टुडियो ‘१डिबी एचडी’मा  तयार गरिएको हो। गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। 

भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमिफाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ।

‘लौ न बोलिदेऊ’ गीत गायक शिव परियार आफैँले निर्माण गरेका हुन्। गायक परियारको आधिकारिक युट्ब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौँ सांगीतिक संग्रह ‘शिवालय’मा संग्रहित रहने बताए। 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्