Kathmandu Press

भ्वाइस अफ नेपालका रनरअप विकासले ल्याए ‘पहिलो नजर’

काठमाडौं, भदौ ४ : ‘भ्वाइस अफ नेपाल सिजन–२’ का रनरअप विकास लिम्बुले नयाँ गीत ‘पहिलो नजर’ ल्याएका छन्।

उनले....

भ्वाइस अफ नेपालका रनरअप विकासले ल्याए ‘पहिलो नजर’

काठमाडौं, भदौ ४ : ‘भ्वाइस अफ नेपाल सिजन–२’ का रनरअप विकास लिम्बुले नयाँ गीत ‘पहिलो नजर’ ल्याएका छन्।

उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका छन्। यस गीतमा उनको एकल स्वर सुन्न सकिन्छ।

स्कुले जीवनको प्रेम र आकर्षणलाई गीतको भिडियोमा देखाइएको छ। सुरज तामाङको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा संगीत पनि सुरजकै रहेको छ। यो गीत ध्रुव केसीले लेखेका हुन्।

गीतमा विकासले आफैं अभिनय गरेका छन् भने उनलाई वृक्षा लिम्बुले साथ दिएकी छन्। कभर सङबाट गायन यात्रा सुरु गरेका उनले ‘भ्वाइस अफ नेपाल सिजन–२’ को अडिसन राउन्डमा जजहरुबाट प्रशंसा पाएका थिए।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्