Kathmandu Press

सिपिएलमा सन्दीपको टिम जमैका विजयी

काठमाडौं, भदौ ४ : क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सन्दीप लामिछानेको टिम जमैका तलावास विजयी भएको छ।

बुधबार राति ट्रिनिडाड एन्ड टोबागोमा भए....

सिपिएलमा सन्दीपको टिम जमैका विजयी

काठमाडौं, भदौ ४ : क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सन्दीप लामिछानेको टिम जमैका तलावास विजयी भएको छ।

बुधबार राति ट्रिनिडाड एन्ड टोबागोमा भएको खेलमा जमैकाले सेन्ट लुसिया जुक्साई पाँच विकेटले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको छ। पहिला ब्याटिङ गर्दै सेन्ट लुसियाले दिएको एक सय ५९ रनको लक्ष्य जमैकाले १८.५ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो।

जमैकाका लागि आसिफ अलीले ४७ र ग्लेन फ्लिप्सले ४४ रनको इनिङ खेले। यस्तै, कप्तान रोमन पावेलले १७ बलमा २६, कार्लोस ब्रेथवेटले नौ बलमा १८ रन बनाउँदा आन्द्रे रसलले १६ रनको योगदान दिए। सेन्ट लुसियाका केस्रिक विलियम्सले दुई विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको सेन्ट जुक्सले रोस्टन चेसका अर्धशतक मद्दतमा निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ५८ रन बनायो। चेसले ४२ बलमा चार चोका र दुई छक्काको मद्दतमा ५२ रन बनाए। यस्तै, नाजिबुल्लाह जद्रानले २५, एन्ड्यू फ्लेचरले २२ रन बनाए ।

किफायति बलिङ गरेका सन्दीपले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए। उनले ५२ रनको साझेदारी गर्दै क्रिजमा जमेको चेस र जद्रानको जोडी तोडेका थिए। जद्रानलाई सन्दीपले आफ्नो चौथो ओभरको दोस्रो बलमा रोमन पावलबाट क्याच आउट गराएका थिए।

जमैकाका मुजिब उर रहेमान, वीरासामी प्रेमउलले समान २–२ विकेट लिएका थिए।

प्रकाशित मिति: ०९:५० बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्